उपत्यकासहित देशभरको मौसममा बदली, आज हल्का वर्षाको सम्भावना « Khabarhub

उपत्यकासहित देशभरको मौसममा बदली, आज हल्का वर्षाको सम्भावना


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा मौसम सामान्य बदली भएको छ ।

हाल नेपालको पश्चिमी भूभागमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशको पश्चिमी पहाडी भूभागमा सामान्य बदली भएको छ । अन्य पहाडी भूभागका स्थानमा आंशिक बदली रहेको छ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्य बदलीसहित एक–दुई स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

महाशाखाले जारी गरेको मौसमको पूर्वानुमान यस्तो छ :

माघ २५ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २६ गते (आईतबार)

दिउँसोः देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : १४ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा