माछापालनमा रमाउँदै जनप्रतिनिधि « Khabarhub

माछापालनमा रमाउँदै जनप्रतिनिधि


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा २० लाख बढी आम्दानी गर्दै आएका छन् ।

उनले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आएका छन् । वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उनी पहिलो नम्बरमा छन् । उनी निर्वाचित वडासदस्य हुन ।

उनको पोखरीमा रोहु, नैनी, कमन, ग्रास, भ्याकुर, विगेट र पंगासिस जातका माछा पालिएका छन् । वार्षिक रु एक करोड बढी खर्च हुने उनले बताए । उनले भने, ‘तर २० लाख बढी आम्दानी हुँदैन ।’

वार्षिकरुपमा ३ सय क्विन्टल बढी माछा पोखरीमा उत्पादन हुने गरेको छ । उत्पादित माछा स्थानीय बजारसँगै डडेल्धुरालगायतका जिल्लामा खपत हुने गरेको छ । व्यावसायिक माछापालनमा तालिम समेत लिएर उनले सातवर्ष अगाडि व्यवसाय शुरुआत गरेका थिए ।

उनको माछा फार्ममा चार कामदारले रोजगारी पाएका छन् । उनले भने, ‘माछापालनलाई व्यावसायिकरुपमा गरिए गतिलो आम्दानी लिन सकिन्छ।’

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : ३६ बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७