बालक आक्रमण गर्ने चितुवा खोरमा « Khabarhub

बालक आक्रमण गर्ने चितुवा खोरमा


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ । यही माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन कार्यालयले बाख्रा सहितको खोर थापेको थियो ।

सात/आठ वर्षको करिब ३५ केजी तौल भएको पोथी प्रजातिको चितुवा आज विहान खोरमा परेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

हालसम्म भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक गरी छ चितुवालाई खोरमा पारी नियन्त्रणमा ल्याइएको छ । उनका अनुसार नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।

भानु, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क पछिल्लो समय बढेको छ ।

गत २० महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बताइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : ५० बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७