विनोद र कुशलको अर्धशतकीय साझेदारीमा नेपालको १०० रन पुरा « Khabarhub

विनोद र कुशलको अर्धशतकीय साझेदारीमा नेपालको १०० रन पुरा


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १ सय रन पुरा गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ३० ओभरमा ५ विकेट १०२ रन बनाएको हो ।

कमजोर ब्याटिङ गरिरहेको नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतकिय उत्कृष्ट साझेदारी गर्दै नेपालको ब्याटिङ उकासेका थिए ।

जसमा मल्ल २७ रन बनाउँदा विनोद भण्डारी २५ रनमा खेलिरहेका छन् । यसअघि नेपालले कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सुवास खकुरेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी पवेलियन फर्किएका छन् ।

कप्तान मल्ल २१ रनमा खड्का १९ रनमा, सुवास ३ रनमा, आरिफ २ रनमा आउट हुँदा उपकप्तान ऐरी शून्यमै आउट भए ।

अमेरिकाले टस जितेपछि घरेलु टोलीविरुद्ध पहिलो फिल्डिङ रोजेको थियो । कसिलो बलिङ गरिरहेको अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र क्यामरुन स्टेभेन्सनले समान २–२ विकेट लिए भने रस्टी थेरमले एक विकेट लिएका थिए ।

लिग २ आईसीसी विश्वकप क्रिकेट २०२३ को रोडम्याप समेत हो । लिग २ मा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने घरेलु मैदानबाट शृङ्खला शूरु गरेको नेपालले अंक तालिकामा खाता खोल्न सकेको छैन् । शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल आजको खेलमा जीतको खोजिमा छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : ०२ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ