कोरोना भाइरसबाट वुहानमा अमेरिकी नागरिकको मृत्यु « Khabarhub

कोरोना भाइरसबाट वुहानमा अमेरिकी नागरिकको मृत्यु


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– कोरोना भाइरसको महामारीका कारण अमेरिकी नागरिक मारिएका छन् ।

चीनको वुहान शहरमा बसोबास गर्ने ती ६० वर्षे अमेरिकी नागरिकको त्यहाँको जिन्यिन्तान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेइजिङस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको परिवारको गोपनियतालाई सम्मान गर्दै उनीबारे थप विवरण भने दूतावासले सार्वजनिक नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको लक्षण देखा परेपछि उनलाई अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

त्यस्तै, वुहान शहरमै अर्का जापानी नागरिकको समेत मृत्यु भएको छ । जापानको विदेशमन्त्रालयलले ६० वर्ष उमेर समूहमा रहेका उनको कहिले मृत्यु भएको भन्नेबारे केही खुलाएको छैन । निमोनियाबाट पीडित ती जापानी नागरिकको पनि कोरोना भाइरसबाट नै मृत्यु भएको आशंका गरिएपनि उनीमा भाइरस देखिएको पुष्टि नभएको बताइएको छ ।

महामारीको रुप लिएको कोरोना भाइरसबाट चीनमा शनिबार ८६ जनाले ज्यान गुमाएका छन् । यससँगै कोरोना भाइरसबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या ७२२ पुगेको छ । त्यस्तै भाइरसको संक्रमण देखिएका मानिसहरुको सङ्ख्या पनि बढेको छ ।

शनिबार थप ३ हजार ३ सय ९९ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखा परेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । यससँगै कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या चीनमा ३४ हजार ५ सय ५६ पुगेको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १ : २४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर