थाइल्याण्डमा कोरोना भाइरसका ७ नयाँ संक्रमित « Khabarhub

थाइल्याण्डमा कोरोना भाइरसका ७ नयाँ संक्रमित


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डमा कोरोनाभाइरसका ७ नयाँ संक्रमित देखा परेका छन् । थाइल्याण्डको रोग नियन्त्रण विभागले जनाएअनुसार नयाँ संक्रमित ७ जनामध्ये ४ जना चिनियाँ पर्यटक र बाँकी ३ जना थाई नागरिक छन् ।

नयाँ पत्ता लागेका सबै ७ संक्रमित अस्पतालमा उपचाररत रहेको थाई अधिकारीले जनाएका छन् । ४ चिनियाँमध्ये तीन जना चिनियाँ संक्रमितको परिवारका सदस्यमा यसअघि भाइरसको संक्रमण फेला परेको र अर्का चिनियाँ संक्रमित चीनको ‘जोखिमपूर्ण क्षेत्र’ बाट आएको थाइल्याण्डको रोग नियन्त्रण विभागले जनाएको छ ।

त्यस्तै, नयाँ संक्रमित तीन थाई नागरिक मध्ये दुई जना चिनियाँ संक्रमितको संसर्गमा आएको र अर्का थाई संक्रमित भने चीनबाट उद्धार गरी ल्याइएको बताइएको छ ।

यससँगै थाइल्याण्डमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या ३२ पुगेको छ । संक्रमित ३२ मध्ये २३ जना चिनियाँ पर्यटक र बाँकी ९ जना थाई नागरिक छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ३ : ०६ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको