पुनर्निर्माण भइरहेको रानीपोखरीदेखि बसन्तपुरसम्म राष्ट्रपतिको अवलोकन  (फोटो फिचर) « Khabarhub

पुनर्निर्माण भइरहेको रानीपोखरीदेखि बसन्तपुरसम्म राष्ट्रपतिको अवलोकन  (फोटो फिचर)


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनर्निर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताएकी छिन् ।

काठमाडौँ उपत्यकास्थित पुनर्निर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले दरबारको निरीक्षणपछि वसन्तपुर दरबार निर्माणमा प्रत्यक्ष संलग्न सरकारी उच्च अधिकृत र जनप्रतिनिधिलाई सम्बोधन गर्दै उनले सुनेकोभन्दा सम्पदा निर्माणमा प्रगति देखेर आफू धेरै उत्साहित भएको प्रतिक्रिया दिइन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका सम्पदा पुनर्निर्माण शुरुआत गर्न प्रारम्भमा ढिलाइ भएको प्रसङ्ग स्मरण गर्दै राष्ट्रपतिले भनिन्, “समस्या समाधान गरेर अहिले ठिक ढङ्गले निर्माण कार्य अघि बढिरहेको छ, यस कार्यमा संलग्न सबैमा धन्यावाद भन्न चाहन्छु ।”

ऐतिहासिक सम्पदा भनेका हाम्रा सम्पत्ति हुन्, विभिन्न समयमा बन्ने सम्पदा भावी पुस्तालाई इतिहाससम्बन्धी जानकारी गराउन हामीले जस्ताको त्यस्तै रुपमा हस्तान्तरण गर्नुपर्छ भन्दै उनले नयाँ पुस्तालाई सभ्य, सदाचारयुक्त, अनुशासित र न्यायपूर्ण समाज निर्माणमा प्रेरित गर्न भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणको आवश्यकता औँल्याइन् ।

पूँजी र प्रविधिको सीमितताका बाबजूद सरकारले त्यस्ता सम्पदाको संरक्षण गर्न गम्भीर भएर सुझबुझ ढङ्गबाट योजना बनाएर काम गरिरहेको छ ।

“हरेक कालखण्डको इतिहास लेख्दै राख्दै जाने हो, अरुको इतिहास मेटेर आफ्नो इतिहास लेख्ने होइन, पुत्रशोकमा परेकी आमाका इतिहास रानीपोखरीसंग जोडिएको छ, जति कठोर भए पनि इतिहास भनेको इतिहासै हो, त्यो भावी पुस्ताले थाहा पाउनुपर्छ, हिजोका शालिक ढालेर नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैन”, राष्ट्रपति भण्डारीले भनिन् ।

रानीपोखरी निर्माणको इतिहास र मर्मलाई आत्मसात गरी बाँकी काम अघि बढाउन उनले सुझाव दिइन् ।। सम्पदा निर्माणमा मुलुकभित्रका श्रम, सीप र सामग्रीलाई उच्चतम प्राथमिकता दिएर काम गर्न सुझाव दिँदै राष्ट्रपति भण्डारीले मुलुकभित्रका विद्यालयका बीचमा दरबार हाइस्कुल नमूनाकै रुपमा निर्माण भएको भनी सह्राना गरिन् ।

प्रकृति र संस्कृतिमाथि अन्याय गर्ने कोशिस भएमा अनेकौ चुनौती आउनसक्नेतर्फ सचेत रहन सुझाव दिँदै उनले स्वदेशमै उपलब्ध साधनस्रोतको प्रयोगले बढ्दै गएमा व्यपार घाटा न्यून गर्न योगदान मिल्ने र मौलिकतालाई जोगाउन योगदान पुग्नेतर्फ ध्यानाकर्षण गराइन् ।

राष्टपति भण्डारीले भनिन्, “हामीले कल्पना गरेको सभ्य, अनुशासित र न्यायपूर्ण समाज हो, किसान मजदूर, ग्रामीण क्षेत्रका जनताको मनोविज्ञानलाई बुझी कर्तव्य र जिम्मेवारीमा रहेर काम गर्न मेरो तपाईहरुलाई आग्रह छ ।”

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका भौतिक पूर्वाधार निर्माणका लागि नयाँ सोचका साथ अवधारणाअघि बढाउन लागिएको जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : ४२ बजे

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र