सैनिक कारवाहीमा अफगानिस्तानमा १८ तालिबान लडाकु मारिए | Khabarhub Khabarhub

सैनिक कारवाहीमा अफगानिस्तानमा १८ तालिबान लडाकु मारिए


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तानको पूर्वी लगमन प्रान्तमा दुई साताको अवधिमा सेनाको कारबाहीमा एक जना तालिबानी कमाण्डर सहित कम्तीमा १८ तालिबानी लडाकूको मृत्यु भएको छ ।

सेनाद्वारा जारी विज्ञप्तिमा तालिबानका स्थानीय कमान्डर मुल्लाह ब्रादारको मृत्यु भएको उल्लेख छ ।

कारबाहीका क्रममा अलिसिङ जिल्लाका तालिबानका छाया गभर्नर क्वारी मेराजुद्दीन समेतका अरु दर्जनौं लडाकू घाइते भएका छन् । उक्त सैनिक कारबहीमा लडाकू बिमानको पनि प्रयोग गरिएको सेनाले जनाएको छ ।

दर्जनौं गाउँ तालिबानीको कब्जाबाट मुक्त गर्न सफल उक्त सैन्य कारबाहीका क्रममा चार जना सैनिक पनि घाइते भएको सेनाले जनाएको छ । उक्त कारबाही र क्षतिका बारेमा तालिबान समूहले केही बताएको छैन ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ५ : ४४ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा