बालुवाटार जग्गा प्रकरणका वास्तविक दोषी उम्कन हुँदैन : अध्यक्ष थापा « Khabarhub

बालुवाटार जग्गा प्रकरणका वास्तविक दोषी उम्कन हुँदैन : अध्यक्ष थापा


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास जग्गा प्रकरणमा निर्दोष फस्न नहुने र अपराधीले उन्मुक्ति पाउन नहुने बताएका छन् ।

राजधानीमा आयोजित एक साक्षात्कारमा अध्यक्ष थापाले अख्तियार अनुशन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको र यसलाई राप्रपाले सकारात्मक रुपमा लिएको बताए ।

उनले भने,‘ढिलै भएपनि अख्तियार अनुशन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राप्रपा यो कदमलाई सकारात्मक रुपमा लिन्छ र अख्तियारलाई धन्यवाद दिन चाहन्छ ।’

मुद्दा दायर गर्दा राजनीतिक आग्रह र पूर्वाग्रह तथा प्रतिशोध साँधिएको भन्ने कुरा पनि आएको सुनाउँदै थापाले थपे,‘भ्रष्टाचारको मुद्दामा निर्दोष पर्नुहुँदैन्, अपराधीलाई उन्मुक्ति दिनुहुँदैन र उनीहरुले उन्मुक्ति पाउनुहुँदैन् । अहिले यो विषय अदालतसम्म पुगेको छ । अदालत पनि अहिले अग्निपरीक्षामा छ । उसले निर्दोषलाई सफाई देला र कोही कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने आशा छ ।’

उनले अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गरे ।

उनले भने,‘आयोगलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त राख्नुपर्छ । यसले आफ्नो विश्वनियता पनि कायम राख्नुपर्छ । ललिता निवास प्रकरणमा आयोगबाट प्रशंसनीय काम भएको छ ।’ आगामी दिनमा आयोगले एनसेल कर काण्ड, वाईडबडी जहाज खरिद घोटाला काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत आयोजना लगायतमा भएका भ्रष्टाचारको अनुशन्धान गरेर अपराधीलाई छिटोभन्दा छिटो कानूनको दायरामा ल्याउनको लागि कदम चाल्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ६ : २० बजे

काठमाडौंमा मौसम खराब, एयर इन्डियाको उडान बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड