धनगढी विमानस्थल विस्तार गर्छौँ : मन्त्री भट्टराई « Khabarhub

धनगढी विमानस्थल विस्तार गर्छौँ : मन्त्री भट्टराई


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गुरुयोजना बमोजिम धनगढी विमानस्थल विस्तारको काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिवार आयोजित धनगढी विमानस्थलको गुरुयोजना प्रस्तुति कार्यक्रममा मन्त्री भट्टराईले भने, “विमानस्थल रहेको क्षेत्रका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले पनि आफ्नो लगानीको साझेदारी गरोस्, भोलि त्यसको आम्दानी पनि बाँडौँला ।”

उनले स्थानीयवासीले दिएका सुझावलाई समेटेर विमानस्थलको गुरुयोजनालाई अन्तिम रूप दिइने बताए । प्रदेशको राजधानी शहरमा रहेका विमानस्थललाई सक्ने जति विस्तार र स्तरोन्नतिको काम गर्ने सरकारको नीति रहेको बताउँदै उनले भने “यसमा कुनै कञ्जुस्याइँ नगरीकन सकेको काम गर्न पहिलो प्राथमिकता दिएका छौँ ।”

बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल र कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने कामसमेत प्राथमिकतामा रहेको उनले जानकारी दिए ।

भारतसँग महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा नाका हुँदै हवाई ‘रुट’ माग गरिएको बताउँदै मन्त्री भट्टराईले भैरहवाका हकमा भारत सहमत भइसकेको भए पनि नेपालगञ्ज र महेन्द्रनगरको विषयमा छलफल चलिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार