पौडेल र रेग्मीको नाममा रहेको ललिता निवासको जग्गा सरकारको नाममा सारियो « Khabarhub

पौडेल र रेग्मीको नाममा रहेको ललिता निवासको जग्गा सरकारको नाममा सारियो


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र र जग्गा धनीको सनाखतपछि पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याइएको मालपोत कार्यालय डिल्लीबजार स्रोतले जनाएको छ ।

गत बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर पौडेल र रेग्मी विरुद्ध भने मुद्दा दायर भएको थिएन । उनीहरुले जग्गा सरकारलाई फिर्ता गर्न मञ्जुर भएको बयान दिएका कारण मुद्दा दायर नगरिएको बताइएको थियो ।

सर्वोच्चको निर्देशनको पालना गर्दै पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सरकारको नाममा खिचिएको मालपोत कार्यालय डिल्लीबजार स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ताको आडमा एउटै प्रकृतिको मुद्दामा अख्तियारले फरक व्यहार गरेको आरोप लगाउँदै आएको छ ।

रेग्मी र पौडेल जस्तै गरि जग्गा प्राप्त गरेकामाथि मुद्दा चलाएपनि उनीहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै कांग्रेसले विरोध गरेको छ भने सामाजिक सञ्जालहरुमा पनि जग्गा फिर्ता गरेर उन्मुक्ति दिन नमिल्ने भन्दै अख्तियारको आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ५१ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको