महिलामाथि हुने विभेद र हिंसाविरुद्ध जागरण आवश्यकः सभापति देउवा  « Khabarhub

महिलामाथि हुने विभेद र हिंसाविरुद्ध जागरण आवश्यकः सभापति देउवा 


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा शुभकामना प्रकट गरेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको, गाउँशहरमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् ।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा मात्र नभएर मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको बताउँदै सभापति देउवाले सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हिंसा भएको सन्देशमा उल्लेख गरेका छन् ।

“नेपाली काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ, महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ विश्वास मैले लिएको छु”, सन्देशमा उनले भनेका छन् ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन दिदीबहिनीहरुले आफ्नो प्राणको आहुती गरेको स्मरण गर्दै उनले उनीहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि महिलाहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास सभापति देउवाले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : २४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच