कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ३६ सय पुग्यो « Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ३६ सय पुग्यो


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ ।

संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर भने घटेको पाइएको छ ।

कोरोना संक्रमित मध्ये ६० हजार १ सय ९० जना स्वस्थ भएर घर फर्किएका छन् ।

संक्रमितमध्ये ६ हजार ३५ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना संक्रमितमध्ये सबैभन्दा बढी चीनमा ८० हजार ६ सय ९६ जना संक्रमित छन् । चीनमा नयाँ ४५ जना मानिसमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाकै कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार ९७ पुगेको छ ।

त्यस्तै दोस्रो धेरै संक्रमण फैलिएको दक्षिण कोरियामा ५० ज्यान गुमाएका छन् भने ७ हजार १ सय ३४ जनामा संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ५ हजार ८ सय ८३ संक्रमित रहेको र ३ सय ३३ जनाले ज्यान गुमाएको समाचार प्रकाशन भएका छन् ।

त्यस्तै इरानमा १ सय ४५ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । त्यस्तै अमेरिकामा १९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म १ सय ३ राष्ट्रमा कोरोनाको संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ८ : ०७ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका