स्याउका बिरुवा जोगाउनेले पुरस्कार पाउने « Khabarhub

स्याउका बिरुवा जोगाउनेले पुरस्कार पाउने


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ ।

स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउँका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुकाउनेलाई प्रति बिरुवावापत एक सय रुपैयाँ दिने नीति बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार दोस्रो वर्ष प्रतिबिरुवा हुर्काएवापत ७५, तेस्रो वर्ष ५० दिने कार्यक्रम छ । ५० प्रतिशतभन्दा तल बिरुवा हुकाउने कृषकले कुनै पनि सेवासुविधा नपाउने उनको भनाइ छ ।

चार वर्षपछि रोपिएका स्याउका बिरुवाले फल दिने योजनाका साथ दण्ड र पुरस्कारको व्यवस्था गरिएको हो ।

गाउँपालिकाले पहिलो वर्ष मुड्केचुला गाउँपालिकामा २० हजार स्याउका बिरुवा वितरण गरेको थियो । त्यस्तै दोस्रो वर्ष २५ हजार गरिसकेको छ । तेस्रो वर्ष २५ हजार बिरुवा वितरण गर्ने योजना छ । त्यस्तै गाउँपालिकाले १२ हजार ५०० टिमुरका बिरुवासमेत वितरणको तयारी छ ।

गाउँपालिकाका उपाध्यक्ष सविताकुमारी रोकायको नेतृत्वमा प्रत्येक वर्षको चैतमा अनुगमनपछि मात्र स्याउका बिरुवा हुर्काएवापत रकम झुक्तानी गर्ने कार्यक्रम हुँदै आएको छ । गाउँपालिकाले स्याउका बिरुवासँगै हुर्काएवापत पुरस्कार दिएपछि आफूहरु खुशी भएको मुड्केचुला गाउँपालिका–६ का देवबहादुर बुढाथोकीले जानकारी दिए ।

उनले भने, ‘गाउँमा रहेको स्थानीय सरकारको अनुभूति राम्रोसँग भएको छ, स्याउका बिरुवा आफैं खरिद गरेर लगाउँदै आएका हामीलाई दुई वर्षदेखि गाउँपालिकाले बिरुवा दिँदै आएको छ, त्यसमा पनि राम्रो हुकाउनेलाई पुरस्कार दिँदा हामीलाई निकै जाँगर आएको छ ।’

त्यस्तै उनीजस्तै वडा नं ८ ओक्टका दत्तबहादुर रोकायले भने, “पहिलो वर्ष लगाएको स्याउका बिरुवा अहिले तीन वर्ष हुनथाले, अब अर्को वर्ष फल दिन थाल्छ । स्याउ बिक्री गर्दा एकातिर आम्दानी अर्कोतिर हुर्काएवापत पैसा, जे होस् राम्रो भएको छ ।” यहाँका हरेक गाउँमा कृषकका खेतबारी स्याउका बिरुवाले हरियो भएको छ ।

डोल्पा स्याउ उत्पादनका हिसाबले असाध्य राम्रो मानिन्छ । डोल्पाका स्याउ जाजरकोट, रुकुमपश्चिम हुँदै सुर्खेत र नेपालगञ्जसम्म बिक्री हुने गर्दछ । आम्दानीको राम्रो स्रोतमध्येको स्याउ यहाँका कृषकको जीवन जिउने मुख्य आधार बनाउका लागि गाउँपालिकाले यो कदम चालेको गाउँपालिकाले जनाएको छ ।

जमिनको वर्गीकरणका साथै हुर्कने ठाउँको आधारमा बिरुवा वितरण गरिएको छ । जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका तल्लो डोल्पामा पर्दछ । सडक सञ्जासँग जोडिन केही भाग मात्र बाँकी रहेको यो ठाउँ जाजरकोट, रुकुम र डोल्पाको सङ्गमस्थल त्रिवेणीबाट झण्डै चार घण्टा पैदल हिँडेपछि पुग्न सकिन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ८ : ४० बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक