अमेरिकाका पूर्वराष्ट्रपति क्लिन्टनले यसरी खुलाए मोनिकासँगको सम्बन्ध « Khabarhub

अमेरिकाका पूर्वराष्ट्रपति क्लिन्टनले यसरी खुलाए मोनिकासँगको सम्बन्ध


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले मोनिका लेवेन्स्कीसँगको सम्बन्धका बारेमा एक वित्तचित्रमा खुलेर कुरा गरेका छन्।

‘हिलारी’ नामको वित्तचित्रमा बिलले आफूले एन्जाइटी (चिन्ता) हटाउन लेवेन्स्कीसँग अफेयर चलाएको बताएका छन्।

डेमोक्रेटिक पार्टीकी नेत्री हिलारी क्लिन्टनका श्रीमान राष्ट्रपति बिलमाथि सन् १९९८ मा प्रतिनिधिसभामा लेवेन्स्कीसँगकै सम्बन्धका कारण महाअभियोग लागेको थियो। तर सिनेटमा भएको मतदानमा विपक्षीको बहुमत नपुग्दा उनको पद जोगिएको थियो। त्यसबेला २२ वर्षकी लेवेन्स्की ह्वाइटहाउसमा इन्टर्न गरिरहेकी थिइन्।

‘सबैको जीवनमा दबाब, त्रास र निराशा छाउँछ, मैले जे गरें त्यो गलत थियो,’ बिलले भनेका छन्, ‘तर मैले वर्षौंदेखिको थकान र चिन्ता व्यवस्थापन गर्न लेवेन्स्कीसँग अफेयर चलाएको थिएँ।’

सन् १९९० को दशकमा बिल क्लिन्टन र लेवेन्स्कीको सम्बन्ध प्रमुख समाचार बनेका थिए। सुरुमा बिल आफूहरुबीच सम्बन्ध नभएको बताउँथे। तर पछि उनले लेवेन्स्कीसँग ‘यौन सम्पर्क’ भएको स्वीकारेका थिए।

लेवेन्स्कीले पनि उक्त घटनापछि बिलसँग सहमतिमै सम्बन्ध भएको बताउँदै आएकी थिइन्। तर पछि उनले उक्त घटनालाई ‘शक्तिको दुरुपयोग’ को रुपमा व्याख्या गर्न थालिन्।

‘म बिलको शक्तिशाली स्थान रक्षा गर्न बलि चढाइएकी रहेछु,’ सन् २०१४ मा लेवेन्स्कीले भनेकी थिइन्, ‘परिणाम के हुन्छ भनेर थाहा पाउन नसक्दा दैनिक पश्चाताप गर्छु।’

बिलले वित्तचित्रमा लेवेन्स्कीको जीवन आफूसँगको सम्बन्धकै कारण व्याख्या गरिने हुँदा आफूलाई निकै नरमाइलो लाग्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

हिलारी क्लिन्टनले बिल र लेवेन्स्कीको सम्बन्धबारे थाहा पाएपछि उनलाई ठूलो चोट पुगेको थियो।

‘व्यक्तिगत रुपमा मलाई यति पीडा भएको थियो कि श्रीमानले गरेका गल्तीबारे मैले विश्वास नै गर्न सकिरहेको थिइनँ,’ हिलारी क्लिन्टनले वित्तचित्रमा भनेकी छन्।

आफ्नी छोरी चेल्सीलाई पिताको गल्तीबारे बताउनुपर्दा निकै डर लागेको क्लिन्टनले वित्तचित्रमा बताएकी छिन्।

यद्यपी क्लिन्टनले बिलसँगै बस्ने निधो गरिन्। कतिले उनको यस कार्यलाई ठीक भने कतिले बेठिक भनेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ८ : ५९ बजे

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार