पशुपतिनाथ मन्दिर परिसरमा झाडु बोकेर सफाइमा जुटे पूर्वयुवराज पारस « Khabarhub

पशुपतिनाथ मन्दिर परिसरमा झाडु बोकेर सफाइमा जुटे पूर्वयुवराज पारस


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वयुवराज पारस शाह विभिन्न कामले चर्चामा आइरहन्छन् ।

उनको सामान्य गतिविधिले पनि सामाजिक सञ्जालमा ठूलो रुप लिने गर्छ । उनको पक्ष र विपक्षमा धेरै बहस हुने गर्छ ।

यस्तै शनिबार नयाँ हुलियामा देखिएका पारसको पनि अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । यहाँ उनी सफाइ अभियन्ताका रुपमा देखिएका छन् ।

तस्वीर पशुपतिनाथ क्षेत्र परिसरको हो । शनिबार पशुपतिनाथ परिसरमा भेटिएका उनी लामो पछ्यौरा ओढेर झाडुले सफाइ गरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर उनी पशुपतिनाथ मन्दिर परिसर पुगेका थिए । सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेको बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ९ : ५२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६