सीप नसिकी आधाभन्दा बढी कामदार वैदेशिक रोजगारीमा, जोखिम उस्तै | Khabarhub Khabarhub

सीप नसिकी आधाभन्दा बढी कामदार वैदेशिक रोजगारीमा, जोखिम उस्तै


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्यले वैदेशिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमा युवाहरुलाई आकर्षक सीप र रोजगारीको विकास गराउन नसक्दा वार्षिक ४ लाख ५० हजारभन्दा बढी श्रम शक्ति विदेशी भूमिमा पुग्ने गरेका छन् ।

यसरी रोजगारीको खोजीमा विदेशिने मध्ये २५ प्रतिशत कामदार मात्र दक्ष हुने गरेको पाइएको छ ।

स्वदेशमा रोजगारीको अवसर नपाएका अथवा रोजगारीको सम्भावना नदेखेका युवाहरु विभिन्न मुलुकमा पसिना बगाइरहेका छन् । सरकारले अनिवार्य रुपमा सीप सिकेर विदेश पठाउने नीति ल्याउन नसक्दा सीपमुलुक तालिम नलिइ विदेश जाने गरेका छन् ।

युवाहरुले सीप बिना नै विदेशी भूमिमा पुग्दा सोचेअनुसारको श्रम र मुल्य नपाउने बताउदै आएका छन् ।

आर्थिक वर्ष २०७३/७४ देखि २०७५/०७६ सम्म १६ लाख ४० हजार ६ सय ९६ जनाले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति (नवीकरणसमेत) लिएका थिए । जसमा २९ प्रतिशत मात्र दक्ष रहेको विभागले जनाएको छ ।

त्यस्तै सोही अवधीमा ९७ हजार ३ सय १० जना महिलाले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिएकोमा २५ प्रतिशत मात्र दक्ष रहेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सीप सिकेर बिदेश जानेलाई सहज 

रामेछापका प्रवीनकुमार तामाङ वैदेशिक रोजगारीमा जानेहरुले सीप सिकेरै जानुपर्ने बताउँछन् ।

‘जे कामको लागि विदेश जाने सोच्छौं त्यही कामबारे सीप सिकेर गयौं भने सहज हुन्छ’ वैदेशिक रोजगार विभागमा भेटिएका तामाङले भने, ‘स्वदेशमा पनि थुप्रै संस्थाहरु छन् बुझेर केही समय सीप लिएर गएमा कुनै कठिन पर्दैन ।

युएई जानकै लागि ३ वर्षअघि रामेछापबाट राजधानी आएर उनले ड्राइभिङ सिकेको बताए । ‘त्यतिबेला गाउँदेखि आएर ड्राइभिङ सिकेँ’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘त्यही सीप यूएईमा गएर पनि प्रयोग गरेँ ।’

एक महिनाको बिदा लिएर स्वदेश आएको बताउने तामाङ विदेश जाने कामदारलाई केही सीप लिएर जान आग्रह गर्छन् ।

१५ सय महिलालाई शोधभर्ना

वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा वर्षेनि वृद्धि भइरहेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्दा वार्षिक २५ देखि ३० हजार महिला रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा गइरहेको देखिन्छ ।

तर वार्षिक ३० हजारको संख्यामा विदेशिने महिलामध्ये थोरैले मात्र अभिमुखीकरण तालिम लिने गरेका छन् ।

अभिमुखीकरणका लागि महिला र पुरुष दुवैले ७ सय रुपैयाँ तिर्नुपर्नेछ । तर तालिम लिए पश्चात सो प्रमाण पत्र देखाएको खण्डमा महिलाको हकमा भने बोर्डले त्यो रकम फिर्ता गर्ने नियम रहेको छ ।

आर्थिक वर्ष २०७५/२०७६ मा १ हजार ४ सय ८० जना महिलालाई १० लाख ३६ हजार रुपैयाँ शोधभर्ना गरिएको (रकम फिर्ता) बोर्डका सुचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए ।

त्यस्तै चालु आर्थिक वर्षको ७ महिनामा १ हजार ६२ जना महिलालाई शोधभर्ना गरिएको उनले बताए ।

नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएन

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले अनिवार्य लिनुपर्ने अभिमुखीकरण तालिमको अवधि विगतमा २ दिन (१० घण्टा) रहेकोमा गन्तव्य अनुसार ३ दिन (१८ घण्टा) गरी लैंगिक एवम् समसामयिक विषय समेटेर तालिम पाठ्यक्रम परिमार्जन भएको थियो ।

जसमा अभिमुखीकरण तालिमका लागि लिइदै आएको ७ सय रुपैयाँलाई बढाउने भनिएको थियो । वोर्डले आवश्यक तयारी गरेर पाठ्यक्रम परिमार्जन प्रक्रिया शुरु भएको महिनौं भएपनि अझै कार्यान्वयनमा आउन सकेको छैन । जसको प्रत्यक्ष असर श्रमीकलाई पर्न गएको देखिन्छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले यी पाठ्यक्रम सम्बन्धी निर्णय गर्न ढिलाइ गरेका कारण काम रोकिएको बोर्डले जनाएको छ ।

‘शुल्क नबढ्ने र २ दिन मात्रै गराउने भन्ने कुरा भइरहेको छ । तर मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्ने हो । अहिलेसम्म निर्णय आएको छैन’ सुचना अधिकारी सुवेदीले भने, ‘त्यसमा केही कुरा संशोधन गरेर तुरुन्तै कार्यान्वयनमा ल्याउने छौं ।’

यस्तो छ अहिलेको व्यवस्था

वैदेशिक रोजगारमा जानेलाई वि.स. २०६० सालदेखि अभिमुखीकरण तालिम दिइदै आएको छ । ०६० साल असार ३ गते एकै पटक आठ वटा अभिमुखीकरण संस्था दर्ता भई शुरु भएको थियो ।

अभियानले हाल १ सय १६ वटा अभिमुखीकरण संस्थाहरुले काठमाडौंमा र ४२ वटा संस्थाहरु उपत्यका बाहिर सक्रिय रुपमा काम गरिरहेका छन् ।

विदेशमा काम गर्न जाने श्रमिकहरुले गन्तव्य मुलुकको भौगोलिकस्थिति, हावापानी, धर्मसंस्कृति, रहनसहन, परम्परा, नियमकानूनसम्बन्धी जानकारीका लागि यो तालिम प्रदान गरिदैं आएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने पूर्व तयारी, सुरक्षित वैदेशिक रोजगार र सुरक्षित यात्रा, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य, वैदेशिक रोजगार सम्बन्धी नेपालको कानून, गन्तव्य मुलुकहरुको जानकारी, आर्थिक कारोवार, ठगिनबाट बच्ने उपाय जस्ता विषय अभिमुखीकरण तालिम अन्तर्गत पर्दछन् ।

बाध्यताकारी व्यवस्था तर कार्यान्वयन फितलो

वैदेशिक रोजगारमा जाने कामदारका लागि कानूनले अभिमुखीकरण तालिमको बाध्यकारी व्यवस्था गरेको भएपनि व्यवहारिक रुपमा कार्यान्वयन भएको पाइँदैन ।

वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले पूरा समय र सिक्नु पर्ने सबै विषयहरु थाहा नै नपाई काम खोज्दै विदेशमा पुग्ने गरेका छन् ।

धेरै म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने युवाका लागि अभिमुखिकरणमा सहभागी भएको प्रमाणपत्र दिएपनि कुनै तालिममा सहभागी नगराउने गरेको वैदेशिक रोजगारमा जोन युवाहरु नै बताउँछन् ।

यसरी कागजी प्रक्रियाकै लागि मात्र प्रमाणपत्र बनाउँदा विदेशमा गएर काम गर्ने नेपालीले दुःख पाउने गरेका छन् ।

तर वैदेशिक रोजगारमा जाने युवाहरुलाई सीपमुलक तालिम अनिवार्य रुपमा लिनका लागि वैदेशिक रोजगार विभाग वोर्डले जोड गरिरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १२ : ०३ बजे

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको