पत्रकार वीरेन्द्र साहको हत्या आरोपी १२ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

पत्रकार वीरेन्द्र साहको हत्या आरोपी १२ वर्षपछि पक्राउ


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया – पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।

विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपहरण गरेको थियो । अपहरणपछि निर्मम हत्या गरी शवलाई गाडेको अवस्थामा ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा शव सडेगलेको अवस्थामा कुकुरको सहयोगमा प्रहरीले बरामद गरेको थियो ।

हत्यामा संलग्न हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी रहेका छन् ।

गिरी भने जेल जीवन भोगी जेलमुक्त भइसकेका छन् भने अन्य तीन जना अहिलेसम्म फरार रहेका छन् । तिनीहरुको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । हत्यामा संलग्न रहेकालाई आजीवन करावासको फैसला सुनाइएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १२ : ३३ बजे

नेपाल कबड्डी लिग : जनकपुर नाइट्स फाइनलमा

काठमाडौं – जनकपुर नाइट्स नेपाल कबड्डी लिगको फाइनलमा पुगेको छ

महाभारत जङ्गलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको

सहकारी पीडितको रकम पीडकबाटै परिपूरण गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सहकारीपीडितको रकम

एन्फा महिला लिग फुटबलः आर्मीलाई हराउँदै पुलिस फाइनमा

काठमाडौं – एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायर खेलमा

नाइजेरियामा भिडन्त हुँदा २२ सैनिकको मृत्यु

अबुजा – नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम सहरमा सशस्त्र विद्रोहीहरूले