भेडेटारमा पनि जीपलाइन सञ्चालन « Khabarhub

भेडेटारमा पनि जीपलाइन सञ्चालन


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनकुटाको भेडेटारमा पनि साहसिक खेल जीपलाइन शुरु भएको छ ।

धरान, धनकुटा र भेडेटार घुम्न जानेहरुले अब जीपलाइनको मज्जा लिन पाउने भएका छन् ।

शनिबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै जीपलाईन सञ्चालन आएको वल्र्ड वाइड एड्भेन्चर प्रालीका सञ्चालक केदार थापाले जानकारी दिए ।

धरान उपमहानगरपालिका वडा नम्बर ४ को भेडेटारदेखि देवीस्थानसम्म ६ सय ५० मिटरको दूरीमा करिब ४० सकेकेन्डसम्म जीपलाइनमा रमाउन सकिन्छ ।

साहसिक खेल जीपलाईनमा क्लासिक (एकजना), सुपरम्यान (सुतेर) र कपल्स (जोडी) छन् ।

‘३ करोड लगानीमा भेडेटारमा जीपलाईन सञ्चालनमा ल्याएका छौं’ थापाले खबरहबसँग भने, ‘अब पूर्व घुम्न आउने आन्तरिक र वाह्य पर्यटकले यो खेल खेल्न सक्नेछन् ।’

कम्पनीले एक वर्षअघि धुलिखेलमा साहसिक खेल जीपलाईनको सुरुवात गरिसकेको छ । धुलिखेलबाट शुरु भएको जीपलाइन सफल भएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएकोले भेडेटारमा पनि सञ्चालन गरेको थापाले बताए।

थापाकाअनुसार क्लासिक खेलको १ हजार २ सय, सुपरम्यानको १ हजार ५ सय र कपलको १ हजार ८ सय रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १ : ०७ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा