रुघाखोकी लागेपछि निवासमै आराम गर्दै नेकपा अध्यक्ष प्रचण्ड « Khabarhub

रुघाखोकी लागेपछि निवासमै आराम गर्दै नेकपा अध्यक्ष प्रचण्ड


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्वस्थ भएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार उनलाई सामान्य रुघाखोकी लागेको छ । रुघाखोकी लागेपछि प्रचण्डले नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुसँगको भेटघाट बन्द गरेका छन् । अहिले प्रचण्ड ललितपुरको खुमल्टारस्थित निजी निवासमा आराम गरिरहेका सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रचण्ड गत मंगलबार प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

प्रचण्ड गत मंगलबारदेखि नै अस्वस्थ छन् । अस्वस्थताका बीच ओलीलाई भेट्न अस्पताल पुगेका प्रचण्ड त्यसयता बाहिर निस्किएका छैनन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  २ : ५९ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको