चाबहिल–साँखु सडक विस्तारमा फेरि पनि स्थानीयको अवरोध « Khabarhub

चाबहिल–साँखु सडक विस्तारमा फेरि पनि स्थानीयको अवरोध


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विस्तारका क्रममा रहेको चाबहिल–साँखु सडक खण्डको थली, सलम्बुटारलगायत स्थानमा विस्तार अघि बढ्न सकिरहेको छैन । स्थानीयवासीको अवरोध भएका स्थानमा निर्माण अघि बढ्न नसकेको हो ।

सडकको चौडाइ बढाइएका क्षेत्रमा सडक निर्माण अघि बढे पनि विस्तार हुन नसकेका स्थानका सडकमा काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडक खण्डको विभिन ठाउँमा गरी झन्डै २ किलोमिटर सडकमा निर्माण शुरु हुन नसकेको आयोजनामा कार्यरत इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । उनका अनुसार सङ्गठित रुपमा जग्गा र घर हटाउन नमानेका स्थानमा अहिले कालोपत्र गर्न बाँकी छ । त्यहाँ सडकका अरु पूर्वाधार निर्माणसमेत हुन सकिरहेका छैनन् ।

उपत्यकाका अरु १० स्थानमा जस्तै विसं २०७२ मा सो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडकसँगै घरजग्गा भएका स्थानीयवासीले सडक निर्माणका लागि जग्गा दिन नमानेपछि सडक अवरुद्ध भएको थियो । सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले उपलब्ध चौडाइमै काम गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार सडक निर्माण गर्दा झण्डै आधामा मापदण्डानुसार (२२ मिटर चौडाइ) कायम हुने र आधामा हुन नसक्ने देखिएको छ । कतिपय स्थानमा मापदण्डभन्दा कम चौडाइमा पनि कालोपत्र भइरहेको छ ।

चौडाइ सात/आठ मिटर मात्रै उपलब्ध हुने स्थानमा भने निर्माण अघि बढ्न सकिरहेको छैन । यहाँका जनप्रतिनिधिले स्थानीयवासीसँग पटक–पटक समन्वय गर्दै सडकको चौडाइ बढाउन पहल गरिरहेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ३ : १४ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर