कोरोनाको प्रभाव: बजारमा होलीको रंग र टिसर्ट बेच्ने भेटिए पनि किन्ने कोही छैनन् ! « Khabarhub

कोरोनाको प्रभाव: बजारमा होलीको रंग र टिसर्ट बेच्ने भेटिए पनि किन्ने कोही छैनन् !


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रायः हरेक चाडपर्वका बेला भीडभाड हुने असन, इन्द्रचोक, न्यूरोड क्षेत्रमा होलीको पूर्वसन्ध्यामा पनि खासै चहलपहल देखिएन ।

बजारमा होलीका लागि केही दिनअघिदेखि विभिन्न प्रकारका रङ्ग, ‘ह्यापी होली’ लेखिएका टिसर्ट, पिच्कारी र लोला बिक्रीका लागि राखिएका छन् । तर किन्नेहरु खासै कोही छैनन् ।

आइतबार दिउँसोसम्म बजारमा होलीका सामान किन्नेहरु फाटफुट्ट देखिन्थे । यो वर्षको होली सोमवार परेको छ । विगतका वर्षहरुमा होली आउनु केही दिनअघि देखि नै बजारमा चहलपहल हुन्थ्यो भने कार्यालय, स्कुल, क्याम्पस लगायतका स्थानमा होली खेल्न शुरु भइसक्थ्यो ।

तर अहिले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मानिसहरुले सतर्कता अपनाएको देखिन्छ । सरकारले भीडभाड, सभा समारोहमा नजान आग्रह गरेसँगै अहिले मानिसहरु थोरै रंग किन्ने र घरमै खेल्ने तयारीमा रहेका छन् ।

रंगहरु तिहारका लागि राख्नुपर्लाः व्यापारी

हरेक वर्ष होली आउनु ४/५ दिनअघिबाट असन चोकमा होलीका लागि ल्याइएका सामग्री बेच्न बस्छिन्–सर्मिला खड्गी ।

विगत १३ वर्षदेखि व्यापार गरिरहेकी खड्गी हरेक वर्ष होलीमा १ लाखसम्मको व्यापार गर्थिन् । तर यो पहिलो अनुभव रहेको बताउँदै भन्छिन्, ‘अहिलेसम्म ५ हजार जतिको व्यापार गरेँ होला ।’

‘अहिलेको वर्ष सरकारले होली नै नखेल्नु भनेको छ के व्यापार हुनु र ?’ रंग बेचिरहेकी गिता खनालले भनिन्, ‘गत वर्षहरुमा २÷३ सयसम्म रंगको व्यापार हुन्थ्यो यसपाली १० किलो पनि विक्रि भएको छैन ।’

कोरोना भाइरसबारे नेपालीहरुमा पनि त्रास बढिरहेको छ । ‘तर सरकारले होली खेल्न नै नदेला भन्ने थाहा थिएन’ ३५ वर्षदेखि व्यापार गर्दै आइरहेकी खनालले भनिन्, ‘१० दिन अघि होलीका सामान ल्याइयो सरकारले पछि नखेल्न अनुरोध गर्‍यो ।’

बिक्रीका लागि ल्याइएको रङ्ग आगामी तिहारमा बेच्ने सोच बनाएको बताउँदै भन्छिन्, ‘अब यो रङ्ग आउने तिहारलाई राख्नुपर्ला रङगोली बनाउन काम लाग्छ ।’

त्यस्तै ह्यापी होली लेखेका प्रिन्ट टिसर्ट बेच्नेहरु पनि अर्को वर्षको होलीका लागि टिसर्ट राख्ने बताउँछन् ।

‘१५ दिनअघि हजार पिस टिसर्ट ल्याएका थिए, खासै बिक्री भएका छैनन् ।’ असनकै एक व्यापारी कुमार कार्कीले भने, ‘अब यी टिसर्टहरु अर्को वर्षका लागि राख्नुपर्ला ।’

सरकारको आग्रह

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले पूर्व सावधानी अपनाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले बढी भीडभाड हुने सभा, सम्मेलन, कार्यक्रममा कोरोना भाइरसको जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम नगर्न आग्रह गरिसकेको छ ।

भीडभाडमा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउनसमेत सरकारले अनुरोध गरेको छ ।

भीडभाडमा जाँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन सर्वसाधरणलाई अनुरोध गरेसँगै यसपालीको होली कोरोनाले फिक्का बनाएको युवाहरु बताउँछन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : ५० बजे

मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण, विश्वासको मत बुधबार लिने

काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको

‘बिग बोस १९’ आज ग्रान्ड फिनाले : कसले जित्छ ट्रफी ?

काठमाडौं– चर्चित रियालिटी शो ‘बिग बोस १९’ आज आफ्नो अन्तिम

भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन, उद्घाटनमा पुगिन् मन्त्री शर्मा

काठमाडौं– चितवनको भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याइएको छ । 

गतिशील र समाधान उन्मुख संवादका लागि दोहा फोरम

दोहा– विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको रूपान्तरणकारी उदयलगायत

‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन