‘इरान एयर’द्वारा यूरोपियन मुलुकको उडानमा रोक « Khabarhub

‘इरान एयर’द्वारा यूरोपियन मुलुकको उडानमा रोक


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- इरानी वायुसेवा प्रदायक ‘इरान एयर’ले अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि उडानहरू नगर्ने  घोषणा गरेको छ ।

विश्वमा कोरोना भाइरसको सङ्क्रमण भइरहेको समय इरानले उक्त निर्णय लिएपनि यो सङ्क्रमण नियन्त्रणका लागि चालिएको कदम भने नभएको बताइएको छ।

कोरोना सङ्क्रमणका कारण इरानमा आइतबारसम्म कम्तीमा १ सय ९४ व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

इरानी वायुसेवा कम्पनीले  एक विज्ञप्ति जारी गरी अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि सबै उडान रोक्ने निर्णय सार्वजनिक गरेको हो ।

यद्यपि इरानले यसलाई कोरोनाभाइरसको महामारी नियन्त्रणको उपायका लागि लिइएको निर्णय नभई यूरोपेली अधिकारीहरूले विनाकारण लगाएको ‘प्रतिबन्ध’पछि चालिएको कदम बताएको छ।

यूरोपेली उड्ययन सुरक्षा निकाय (इएएसए) ले खासगरी एउटा एयरबस ए३२१–२०० र अन्य दुईवटा एयरबस ए३३०–२०० इरान एयरका विमानलाई यूरोपेली आकाश प्रयोग गर्नमा गत फेब्रुअरी ३ देखि रोक लगाएको घोषणा गरेको थियो ।

ती विमानले अन्तर्राष्ट्रिय वायुसेवा नियम अनुसार उनीहरूलाई अद्यावधिक (सुधार) नगरेका र यूरोपेली आकाश प्रयोग गर्न अयोग्य भएको इएएसएले आरोप लगाएको छ ।

स्वीडेनले यही मार्च २ मा एयर इरानलाई दिएका सबै स्वीकृतिलाई अस्थायीरूपमा रद्द गरिएको जनाएको थियो । तर उक्त निर्णयमा तेहरानले कोरोना भाइरसको माहामारीलाई रोक्न इरानले गरेका प्रयास प्रयाप्त नभएकाले भाइरस सङ्क्रमण नभएको उल्लेख गरिएको थियो ।

इरानी ध्वजावहाक यस विमान कम्पनीले पेरिस, लण्डन, आर्मस्टर्डम, स्टकहोम, फ्र्याङफर्ट, भियना तथा रोमलगायत यूरोपका धेरैस्थानहरूमा उडान भर्दै आएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ७ : २९ बजे

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४

सरकारी विज्ञापन निर्णयविरुद्ध महासंघद्वारा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं– सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयविरूद्व आन्दोलनरत