श्रीलंकन ब्राण्ड कुमारिका र बेबी शेरामी अब नेपाली बजारमा « Khabarhub

श्रीलंकन ब्राण्ड कुमारिका र बेबी शेरामी अब नेपाली बजारमा


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाको बहुचर्चित  ब्राण्ड कुमारिका र बेबी शेरामीको बिक्री नेपाली बजारमा खुला गरिएको छ । आज एक कार्यक्रम गर्दै कुमारिका र बेबी शेरामीको नेपाली बजारमा औपचारिक बिक्री खुला गरिएको हो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, हेमाज म्यानुफ्याक्चरिङ प्रा. लि का निर्देशक श्री रोय जोसेफको उपस्थिति रहेको थियो ।

हेमाज म्यानुफ्याक्चरिङका उत्पादन कुमारीका र बेबी शेरामीको नेपालको लागि आधिकारिक बिक्रेताका रुपमा नमस्ते ट्रेड लिंक प्रा. लि. रहेको छ ।

कपाल र बालबालिकाको हेरचाहका लागि हेमाज म्यानुफ्याक्चरिङ प्रा. लि सो ब्राण्डका उत्पादन नेपाली बजारमा ल्याएको हो ।

हेमाजले विगत लामो समयदेखि यातायात, स्वास्थ सेवा र अन्य क्षत्रमा काम गर्दै आएको छ ।

हेमाजले बेबीकेयर (साबुन, स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन,माउथवास), स्किन केयर ( साबुन, लोसन, बडि वास), हेयर केयर (ओइल,स्याम्पु,कन्डिसनर,सिरम), सुगन्ध अत्तर र कोलोन दुबै महिला,पुरुषका लागि) र स्यानिटरी न्यापकिन्सको बजारीकरण तथा बिक्री वितरण गर्दै आएको नमस्ते ट्रेड लिंक प्रा. लि.का अध्यक्ष तारा बहादुर कुँवरले जानकारी दिए ।

कुमारीका ब्राण्डको कपालको तेल एक हर्बल तेल हो जुन नरिवलको तेलमा प्राकृतिक जडिबुटिहरु मिलाई तयार पारिएको हो । यसले कपाललाई आकर्षक र सुन्दर पार्ने जनाइएको छ । कुमारिकामा हेयर आयल, स्याम्पु, कण्डिशनर,शिरम रहेका छन् ।

यस ब्राण्डका उत्पादनहरु कोलोन, क्रीम, लोसन, स्याम्पु , साबन, पाउडर लगायत छन् । बेबी शेरामी आमाहरुका माझ विश्वासीलो ब्राण्डका रुपमा स्थपित भइसकेको छ जसले बच्चाहरुको छालाको हेरचाह गर्ने उत्पादन कम्पनीको दाबी छ ।

कुमारिका र बेबी शेरामी ब्राण्ड उत्पादनहरु भारत, मलेशिया, माल्दिब्स, पाकिस्तान, लेबनन, बङ्गलादेश, यूके, न्यूजिल्याण्ड, अष्ट्रेलिया र द मिडल ईष्ट जस्ता देशहरुमा निर्यात भइरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ७ : ५१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको