कोरोनाको सन्त्रासः नेपालीलाई भारत नजान टिकापुर नगरपालिकाको आग्रह   | Khabarhub Khabarhub

कोरोनाको सन्त्रासः नेपालीलाई भारत नजान टिकापुर नगरपालिकाको आग्रह  


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ ।

यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन् । नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल गर्नाका साथै नेपालीलाई पनि भारत नजान आग्रह गरेको हो ।

नगर विपद् व्यवस्थापन समिति टीकापुरको आज बसेको बैठकले भारतमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले नेपाल उच्च जोखिममा रहेको भन्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक किनमेलका लागि भारत नजान आग्रह गरेको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए ।

“भारतमा सङ्क्रमण देखिएकाले नेपालमा सर्न सक्ने जोखिम बढेको हो । सीमासँग जोडिएको क्षेत्र भएकाले यहाँ बढी जोखिम छ”, रावलले भने, “त्यसकारण सामान्य किनमेल जस्ता कार्यका लागि भारत नजान आग्रह गरेका हौँ । अब नगरवासीलाई सार्वजनिक सूचना र माइकिङ गरेर सचेत गर्न थालेका छौँ ।”

नगरपालिकाले बजारमा मास्कलगायतका सामान अभाव देखिएकाले बजार अनुगनम गर्ने र टीकापुरका सबै विद्यालयमा सचेतना कार्यक्रम गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

नगरपालिकाले सङ्क्रमणको जोखिम देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन र आइसोलेसनका लागि पनि पूर्वतयारी थालेको छ ।

“क्वारेन्टाइनका लागि सार्वजनिक भवनको प्रयोग गर्न पूर्वतयारी अवस्थामा राखेका छौँ”, रावलले भने, “सबै नागरिकलाई सरसफाइमा ध्यान दिन आग्रहसमेत गर्न थालेका छौँ ।”

कोरोना भाइरस देखिएमा आइसोलेसनमा बिरामी राख्न खर्चिलो छ । टीकापुर अस्पतालका चिकित्सक जितेन्द्र कँडेलले अस्पतालले हाल दुई श्ययाको आइसोलेसन तयार गरिसकेको बताए ।

“थप श्ययाका लागि हाल रहेको प्रसूति वार्डलाई नयाँ तयार भएको प्रसूति भवनमा सार्दैछौँ । अहिले प्रयोगमा रहेको प्रसूति हललाई आइसोलेसनका लागि तयारीमा राख्छौँ ।”

टीकापुरको खक्रौलामा रहेको सीमामा सहायता कक्ष ‘हेल्थ डेस्क’ राखेर जाँच भइरहे पनि जाँचमा जनशक्ति अभाव छ । खक्रौला नाकामा दैनिक हजारौँ नागरिक ओहोरदोहोर गर्ने भएकाले जाँचमा हम्मेहम्मे परेको छ ।

स्वास्थ्यकर्मीले शङ्का लागेका मानिसको जाँच गर्छन् । दैनिक सयौँको जाँचसहित विवरण राख्ने, सचेतनाका लागि परामर्श, सुझाव दिनुपर्ने भएकाले हेल्थ डेस्कमा कर्मचारी अभाव हुँदा समस्या भइरहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १० : ४५ बजे

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध