अब कोइराला परिवारबाट सभापितको उम्मेदवार पक्काः डा.कोइराला | Khabarhub Khabarhub

अब कोइराला परिवारबाट सभापितको उम्मेदवार पक्काः डा.कोइराला


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भागबण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा कोइरालाले भने, “भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन, म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरुद्धमा छु ।”

गलत प्रवृत्तिबाट कांग्रेस हिँडिरहेको र यसलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा जोड दिँदै नेता डा कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले पार्टीलाई नयाँ युवा पुस्ताको नेतृत्व आवश्यक रहेको बताए ।

कांग्रेसभित्र कोइराला परिवार पनि भावी नेतृत्वका लागि तयार छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता डा कोइरालाले भने, “कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने छ ।”

डा शशाङ्क, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उनको भनाइ थियो ।

उनले भने , “कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छाैं, तीनमध्ये जो बढी ‘पपुलर’ हुन्छ उही उम्मेदवार बन्छ ।”

सरकारको गतिविधिका कारण लोकतन्त्र र संविधान खतरामा परेको उल्लेख गर्दै उनले संसद्मा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयकमा लोकतन्त्र र संविधानको भावना विपरीतका कुरा राखिएको भन्दै विरोध जनाए ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गरी पार्टी एक ढिक्का भएर अघि नबढे आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने बताइन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ८ : ५७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’