अब कोइराला परिवारबाट सभापितको उम्मेदवार पक्काः डा.कोइराला « Khabarhub

अब कोइराला परिवारबाट सभापितको उम्मेदवार पक्काः डा.कोइराला


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भागबण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा कोइरालाले भने, “भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन, म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरुद्धमा छु ।”

गलत प्रवृत्तिबाट कांग्रेस हिँडिरहेको र यसलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा जोड दिँदै नेता डा कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले पार्टीलाई नयाँ युवा पुस्ताको नेतृत्व आवश्यक रहेको बताए ।

कांग्रेसभित्र कोइराला परिवार पनि भावी नेतृत्वका लागि तयार छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता डा कोइरालाले भने, “कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने छ ।”

डा शशाङ्क, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उनको भनाइ थियो ।

उनले भने , “कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छाैं, तीनमध्ये जो बढी ‘पपुलर’ हुन्छ उही उम्मेदवार बन्छ ।”

सरकारको गतिविधिका कारण लोकतन्त्र र संविधान खतरामा परेको उल्लेख गर्दै उनले संसद्मा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयकमा लोकतन्त्र र संविधानको भावना विपरीतका कुरा राखिएको भन्दै विरोध जनाए ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गरी पार्टी एक ढिक्का भएर अघि नबढे आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने बताइन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ८ : ५७ बजे

५ अंकले बढ्यो नेप्से, १२५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ

बुर्का लगाएर विरोध गरेकी अस्ट्रेलियाली सिनेटर निलम्बित

एजेन्सी– राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै

एनपीएल-२ : सबैभन्दा बढी विकेट सन्दीपको नाममा, रन जोड्ने मार्क वाट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को १०

प्रधानमन्त्रीलाई मिराजको चेतावनी : जेन-जी युवाहरूको भावनाविपरीत चल्ने छुट सरकारलाई छैन

काठमाडौं- विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेका जेन-जी

मिराज ढुंगाना नेतृत्वको समूहलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन पुगेका मिराज