आज पृथ्वीको सबैभन्दा नजिक आउँदैछ चन्द्रमा « Khabarhub

आज पृथ्वीको सबैभन्दा नजिक आउँदैछ चन्द्रमा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज बर्षभरिकै सबैभन्दा ठुलो र चम्किलो चन्द्रमा आकाशमा देखिने छ । खगोलविद्का अनुसार यस्तो चम्किलो र ठुलो चन्द्रमा देखिने मौका चालु बर्षको अन्तिम अर्थात आज मात्र रहेको छ । यसरी सुपरमुन देखिने मौका बारम्बार पाइदैन ।

आज चन्द्रमा र पृथ्वीका बीचको दूरी सबैभन्दा कम हुनेछ । पृथ्वी र चन्द्रमाबीच ३ लाख ८४ हजार ४ सय किलोमिटरको दूरी छ । यी दुबैबीच अधिकाशं दूरी ४ लाख ५ हजार ५ सय ९६ सम्म हुनसक्छ । तर आज सुपरमुनका समयमा भने पृथ्वी र चन्द्रमाबीचको दूरी घटेर ३ लाख ५६ हजार ९ सय किलोमिटरसम्म हुनेछ ।

आज देखिने सुपरमुनका क्रममा अरुबेला देखिने चन्द्रमा भन्दा आकारमा ठुलो देखिने छ । औसत दिनको तुलनामा आज चन्द्रमामा आकारमा १४ प्रतिशत ठुलो देखिन्छ । र यसको चमक ३० प्रतिशतसम्म बढ्नेछ ।

अंग्रेजी वेबसाइट द इन्डिपेन्डेन्टको रिर्पाेट अनुसार सुपरमुन ७ अप्रिलको बेलुकी अनुमानित ११ बजेर ३० मिनेटमा देखिन शुरु गरेको छ । सीएन ट्राभलरको रिपोर्ट अनुसार नेपालमा सुपरमुन ८ अप्रिलको अपरान्ह २ बजेर ३५ मिनेट जीएमटी अर्थात नेपाली समय अनुसार बिहान ८ बजेर २० मिनेटमा देखिने छ । जसका कारण नेपालमा अत्यधिक उज्यालो भएकाले चन्द्रमाको पुर्ण सुन्दरता भने देखिने छैन । तर हिजो अपरान्ह पछि नै चन्द्रमा चम्किलो हुन थालेको थियो ।

सुपरमुन शब्दको पहिलो प्रयोग एस्ट्रोनामर्स रिचर्ड नालले सन् १९७९ मा गरेका थिए । उनले त्यसबेला यसलाई पेरीजीन फुल मून नाम दिएका थिए । त्यसबेला नालले सुपरमुनका क्रममा चन्द्रमा नजिकिदाँ पृथ्वीबाट करीबन ९० प्रतिशत हिस्सा देखिने बताएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : १६ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक