नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ | Khabarhub Khabarhub

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा छापामारी खानतलासी गर्दा नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो ।

कोरोना भाइरसको महामारीले अहिलेको संवेदनशील अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १४९ थान बरामद गरी अनुसन्धान शुरु गरेको छ ।

क्यारेन्टाइनबाट बाँकी २३ फर्किए

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनालाई मङ्गलबार घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरण भवनको क्वारेन्टाइनमा राखिएको थियो ।

सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्‍याउने व्यवस्था गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : १९ बजे

उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग

काठमाडौं – उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा जलवायु

डुबेका ६ सहकारीका ६९ जना बचतकर्ता बिरामी र अशक्त

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेका ६ वटा सहकारीका ६९

आजका समाचार : रविको म्याद थपिँदा मनाङे दोषी, देशभर छठको रौनक र ट्रम्प र ह्यारिसबीच कडा टक्कर

रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति सहकारी ठगी प्रकरणमा

छठ पूजाका लागि सजियो कमल पोखरी (तस्बिरहरू)

काठमाडौं- खासगरि तराईबासी हिन्दूहरू निष्ठापूर्वक धुमधामसँग मनाउने छठ पर्वको तयारी

‘प्रतिक्रियावादी’ प्रधानमन्त्री !

( द्रष्टव्य :  माफ गर्नुहोला, जसले आफ्नोतर्फबाट क्रिया (काम) गर्दैन,