लकडाउनकै समयमा पेट घटाउने हो ? शुरु गर्नुहोस् यी ५ अभ्यास | Khabarhub Khabarhub

लकडाउनकै समयमा पेट घटाउने हो ? शुरु गर्नुहोस् यी ५ अभ्यास


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बाहिर पुटुल्क निस्केको पेट घटाउन कसलाई मन नहोला र ? तर कामको ब्यस्तता तथा अनेकौं उल्झनले बढेको पेट घटाउने चाहना पुरा हुन पाउदैन ।

अझै बाहिरको खानपानले आफूलाई फिट राख्न नसक्नेका लागि यो सुनौलो मौका हो । अहिले लकडाउनको बेला मौका छोपेर तपाईले आफ्नो वजन घटाउने चाहना पुरा गर्न सक्नुहुन्छ ।

लकडाउनको बेला घरभित्र रहदाँ बढेको पेट घटाउने सबैभन्दा उत्तम उपाय हो । लकडाउन वजन घटाउने चाहना राख्नेहरुका लागी सुनौलो मौका हो । यस मौकामा घरभित्रै तपाई निम्न अभ्यासबाट पेट घटाउन सक्नुहुनेछ ।

१. प्लैन्क
मानिसको शरीरमा सबैभन्दा बढि फ्याट पेटमा जम्मा भएको हुन्छ । यसप्रकारको फ्याट र बाहिर निस्केको पेट घटाउन प्लैन्क एक्सरसाइज सबैभन्दा उत्तम हुन्छ ।


२. रेगुलर क्रन्चेज
रेगुलर क्रन्चेज क्यालोरी बर्न गर्न सबैभन्दा उत्तम एक्सरसाइज मानिन्छ । यो क्रन्चेजको पोजिसनमा शरीरका कैयौं मांसपेशि एक साथ एक्टिभ हुने भएकाले फ्याट कम गराउन मद्दत गर्दछ ।

३. बाइसाइकल क्रन्चेज
ससर्ती हेर्दा बाइसाइकल क्रन्चेज सजिलो देखिए पनि गर्नमा भने यो निकै ग्राहो हुन्छ । यो एक्सरसाइज गर्दा शरीरमा निकै बल पुग्छ । जसले पेट र थाईमा जम्मा भएको बोसो कम गराउँछ ।

४. क्रन्च ट्विस्ट
क्रन्च ट्विस्ट एक्सरसाइज गर्दा पेटको साइडमा जम्मा भएको फ्याट कम हुन्छ । स्वास्थ्य विज्ञका अनुसार दैनिक तीन पटक भन्दा बढि क्रन्च ट्विस्ट गरेमा पेटको साइडमा भएको फ्याट कम हुन्छ ।

५. भर्टिकल लेग क्रन्च

भर्टिकल लेग क्रन्च एक्सरसाइज गर्दा शरीरलाई ब्यालेन्स गराउँदै खुट्टा उठाइन्छ । दैनिक १० पटक यो एक्सरसाइज गरेमा पेटमा जम्मा भएको बोसो छिटोभन्दा छिटो घट्दछ ।

लकडाउनका दौरानमा शरीरमा भएको मोटोपना वा बोसो कम गर्न एक्सरसाइजका साथसाथै केहि डाइटहरुमा पनि ध्यान दिनुपर्दछ । यस अलावा आफ्नो जीवनशैलीमा समेत परिवर्तन गर्नुपर्दछ ।

१. एक्सरसाइज गर्दाको समयमा भुलेर पनि तारेको खाना खानुहुदैन ।
२. मोटोपना कम गर्ने सोच भएकाहरुले जंक फूड खानबाट बच्नु पर्दछ ।
३. खाना खाएपछि बस्ने वा सुत्नुको सट्टा आधा घण्टा सिढि तलमाथि गर्नुपर्दछ ।
४. भोक लाग्दा नखाई बस्नु भन्दा पटक पटक बरु कम खानु पर्दछ ।
५. अत्यधिक टिभि हेर्ने, मोवाइल चलाउने कामलाई बन्द गर्नपर्दछ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : ३७ बजे

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु