चीनले भाईरस फैलाएर विश्वमा प्रभुत्व जमाउने योजना बनाएको ब्राजिलका मन्त्रीको आरोप « Khabarhub

चीनले भाईरस फैलाएर विश्वमा प्रभुत्व जमाउने योजना बनाएको ब्राजिलका मन्त्रीको आरोप


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलका शिक्षा मन्त्री अब्राहम वेन्ट्राउबले चीन कोरोना भाईरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाईरहेको आरोप लगाएका छन् ।

पछिल्लो घटनाका कारण दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण भएको उनले बताए ।

मन्त्री वेन्ट्राउबले भने विश्वव्यापी स्वास्थ्यको क्षेत्रलाई उथलपुथल गर्नु र संकट निमत्याउनुको पछाडि चीनको हात रहेको छ । ‘भौगोलिक रूपले यो विश्वव्यापी संकटको तथ्य बाहिर आउन सक्छ,’ उनले ट्वीट गर्दै भनेका छन्,’विश्व प्रभुत्वको योजनासंग सम्बन्धित काममा ब्राजिलमा कसले साथ दिईरहेको छ ?’

उनको ट्वीटले चिनियाँ उच्चारणलाई उपहासको शैलीमा लेखिएको  । ब्राजिलस्थित चीनको दूतावासले शिक्षा मन्त्रीको यो कुरा बेतुक र घृणित रहेको बताएको छ ।

चीनिया राजदूत यांग वानमिंगले ट्वीट गर्दै भनेका छन्, ‘यो बेतुकको कुरा अति नस्लबादी रहेकाले ब्राजिल सरकारले पष्टीकरण दिनुपर्छ ।’

ब्राजिलसहित धेरै देशहरु कोभिड–१९ को सामना गर्न चीनबाट अधिक चिकित्सा उपकरण स्रोत आउने आशा गर्दै आईरहेका छन् । वेन्ट्राउबले एक साक्षात्कारमा चीनलाई महामारीको बिरूद्ध लड्न सहयोग गर्न आग्रह गरे ।

उनले भने, ‘यदी चीनले हामीलाई १ हजार भेन्टिलेटरहरू दियो भने म दूतावासको अगाडि घुँडा टेकि माफी माग्छु ।’

स्वास्थ्यमन्त्री लुइज हेनरिक मन्डेटाले गत हप्ता ब्राजिलले चीनबाट आएका स्रोत भेन्टिलेटर र अन्य महत्वपूर्ण स्वास्थ्य समानहरु बाटोमै रोकिएको बताएका छन् ।

उनले केही चिनियाँ अधिकारीहरुको आदेशले आपूर्ति रद्द गरिएको बताए । ब्राजिलमा कोरोनाको संक्रमण सुरु भएसँगै चीनसँगको सम्बन्ध तनावग्रस्त भएको छ ।

राष्ट्रपति जैयर बोल्सनारोको छोरो एडुआर्डो र एक संघीय सांसदद्वारा गरिएको ट्वीटको श्रृंखलाबाट यस्तो तनाब उत्पन्न भएको थियो ।

एड्वार्डो बोलसनोरोले मार्चमा भएको प्रकोपको सामना गर्न चिनियाँ तानाशाहीको आलोचना समेत गरेका छन ।

गत हप्ता उनले ‘चिनियाँ भाइरस’ को बारेमा ट्वीट गरे, जुन वाक्यांशले बेइजिङ्गलाई उक्साउँने काम गरेको बताइन्छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट ६८८ जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ५२ बजे

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२