लकडाउन उल्लंघन गर्दै हिँडेका नक्कली पत्रकार पक्राउ « Khabarhub

लकडाउन उल्लंघन गर्दै हिँडेका नक्कली पत्रकार पक्राउ


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– पत्रकारको परिचय पत्र बोकेर लकडाउनका बेला सडकमा सवारी गुडाउँदै हिँडेका एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा घर भएका २८ वर्षीय मेघराज सुनार छन् ।

सुनारले आफू पत्रकार भन्दै रिपोटर्स क्बल दाङद्वारा जारी गरिएको खिम बहादुर डिसीको नाममा रहेको परिचय पत्र बोकेका थिए ।

प्रहरीले शंकाको आधारमा सोधपुछ गर्दा सुनार नक्कली पत्रकार भएको खुल्न आएको हो ।

उनी बा ८७ प १००६ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : २१ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको