मुस्लिम धर्मावलम्बीको ‘सब–ए–बारात’ पर्व सरल तरीकाले मनाइने « Khabarhub

मुस्लिम धर्मावलम्बीको ‘सब–ए–बारात’ पर्व सरल तरीकाले मनाइने


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेका इस्लाम धर्मावलम्बीले यस वर्षको ‘सब–ए–बारात’ पर्व साधारण तथा सरल तरिकाले मनाउने भएका छन् । इस्लाम धर्मावलम्बीले यस दिन आफ्ना दिवंगत पुर्खाको सम्झनामा मस्जिदमा रातभर जाग्राम बसेर सामूहिक नमाज पढ्ने र कब्रस्तानमा उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने प्रचलन छ ।

यस वर्ष भने कोभिड—१९ ले निम्त्याएको महामारीका कारण बिहीबार घरमै साधारण र सरल तरीकाले उक्त पर्व मनाउन लागिएको धर्मगुरु मौलाना अब्दुलजब्बार मञ्जरीले बताए ।

नेपालगञ्जस्थित जामा मस्जिद सञ्चालक समिति, धर्मगुरु, मौलाना र मुक्तिहरुको बैठकले पनि यस वर्षको सब–ए–बारात पर्व घरमै साधारण तथा सरल तरीकाले मनाउने निर्णय गरेको छ । यस पर्वमा विशेष परिकारका रुपमा तयार गरिएको ‘सुबेरात हलुवा’ सेवन गरिने तथा गरीब, विपन्न र असहायलाई दानदक्षिणा दिने र भोजन गराउने प्रचलन पनि छ ।

पर्वको पूर्वसन्ध्यामा यहाँका मुसलमान समुदायका व्यक्तिले आज (बुधबार) आ–आफ्ना घरको सरसफाइ तथा सामाजिक दूरी कायम गरी बजारबाट खाद्य सामग्री खरीद गरिरहेका छन् । स्थानीय प्रशासनले बिहान र अपराह्न सामाजिक दूरी कायम गरी तरकारीलगायत खाद्य सामग्री र ओखतीमूलो खरीद गर्न सक्ने व्यवस्था मिलाएकाले पनि पर्वका लागि सामान खरीद गर्न सहज भएको नेपालगञ्ज–१४ का मोहम्मदसब्बीर हल्वाईले बताए ।

बाँकेका ३० भन्दा बढी मस्जिदको मंगलबार अनुगमन गरेर त्यहाँका धर्मगुरु, मौलानासँगग भीडभाड नगरी पर्व मनाउन आग्रह गरिएको र उनीहरु पनि सहमत भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

‘सब–ए–बारात’ लाई इदको पूर्व तयारीका रुपमा पनि लिने गरिएको मुसलमान अगुवा पत्रकार सिराज खान बताउँछन् । ‘पन्ध्र दिनपछि इदको एक महिने रोजा शुरु हुँदैछ, सब–ए–बारात पर्वपछि मुस्लिम समुदाय त्यसैको तयारीमा लाग्नेछन् । लकडाउनले भने इदको तयारीको समयलाई अलि कसिलो बनाउने हो कि भन्ने चिन्ता समुदायलाई छ’, खानको भनाइ छ ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार बाँकेको कूल जनसंख्या ४ लाख ९१ हजार ३१३ मध्ये मुसलमानको संख्या ९३ हजार २६३ छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ३ : ४५ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले