सांसद प्रभु साहद्वारा आफ्नो क्षेत्रका स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान « Khabarhub

सांसद प्रभु साहद्वारा आफ्नो क्षेत्रका स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गौर- नेपाल कम्युनिष्ट पार्टीका नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई स्वास्थ्य सामाग्री अभाव भएकोले स्थानीय तहलाई सशक्त बनाउन पूर्वघोषित वाचा पूरा गर्दै सांसद साहले निजि खर्चबाट सामाग्री उपलब्ध गराएका हुन् ।

सांसद साहले आफ्नो निर्वाचन क्षेत्रमा ६ वटा स्थानीय तहमध्ये बुधबार ४ वटा नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराए । सांसद साहले १००० थान सर्जिकल मास्क, ५० थान N95 मास्क, १०० वटा सर्जिकल ग्लब्स, २ सेट पिपिई र ५/५ लिटरको एउटा र आधा लिटरको ५ वटा सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेका हुन् ।

उनको निर्वाचन क्षेत्रमा पर्ने फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिकाले उक्त सामाग्रीहरु बुझिसकेको छ भने मौलापुर नगरपालिका र कटहरीया नगरपालिकाले भोलि प्राप्त गर्नेछ ।

बजारमै नपाएपछि सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री अभावका कारण भाइरस नियन्त्रण गर्न जटिलता सृजना भईरहेकोले आफुले सानो सहयोग गरेको सांसद साहको प्रतिक्रिया छ ।

सांसद साहले उपलब्ध गराएको सामाग्री ती स्थानीय तहहरुका लागि उपयोगी हुनेछ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट स्वास्थ्य सामाग्री उपलब्ध गराएका नेता साहप्रती स्थानीय तहहरुले धन्यवाद ज्ञापन गरेको छ । सबै मिलेर मात्र कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न सकिने भन्दै हातोमालो गर्न सांसद साहले सबैमा अपील गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ४ : ५२ बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको