कर्णाली प्रदेशको कोरोना विपद् कोषमा ३० लाख सहयोग « Khabarhub

कर्णाली प्रदेशको कोरोना विपद् कोषमा ३० लाख सहयोग


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा आज रु ३० लाख सहयोग गरिएको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापनार्थ स्थापित कोषमा सुर्खेत बौद्ध ग्रामीण सहकारी संस्था लिमिटेडले रु २५ लाख र एनसिसी बैंक जिल्ला शाखाले रु पाँच लाख आज सहयोग गरेका हुन् ।

बौद्ध सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसी र बैंकका कर्णाली प्रदेश प्रबन्धक सञ्जय कार्कीले आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन समितिका कार्यकारी संयोजक नरेश भण्डारीलाई चेक हस्तान्तरण गरे ।

बौद्ध ग्रामीण सहकारी संस्थाले प्रदेश विपद् कोषमा रु २५ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ वडालाई रु एक लाखसहित रु २६ लाखको सहयोग उपलब्ध गरी कर्णालीमा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम सहयोग गरेको हो । सो सहकारीको र बैंकको चेक लिँदै कानूनमन्त्री भण्डारीले मनकारी संस्थाहरुप्रति कृतज्ञता प्रकट गरे ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत केसीले मुलुकका सात प्रदेशमा कर्णाली सबैभन्दा कमजोर भएकाले कोरोनाविरुद्धको लडाइँमा सबै जिल्लामा स्वास्थ्यकर्मीलाई पिपिई, किट, मास्क, ग्लोब र भोकको चपेटामा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।

एनसिसी बैंक सुर्खेतका शाखा प्रबन्ध शिव सापकोटाले कोरोना प्रतिकार्य गर्नु दायित्व सम्झेर साथ दिइएको बताए ।

उक्त चेक ग्रहण कार्यक्रममा कानूनमन्त्री भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा तथा प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डेको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ६ : ४९ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका