कर्णाली प्रदेशको कोरोना विपद् कोषमा ३० लाख सहयोग | Khabarhub Khabarhub

कर्णाली प्रदेशको कोरोना विपद् कोषमा ३० लाख सहयोग


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा आज रु ३० लाख सहयोग गरिएको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापनार्थ स्थापित कोषमा सुर्खेत बौद्ध ग्रामीण सहकारी संस्था लिमिटेडले रु २५ लाख र एनसिसी बैंक जिल्ला शाखाले रु पाँच लाख आज सहयोग गरेका हुन् ।

बौद्ध सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसी र बैंकका कर्णाली प्रदेश प्रबन्धक सञ्जय कार्कीले आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन समितिका कार्यकारी संयोजक नरेश भण्डारीलाई चेक हस्तान्तरण गरे ।

बौद्ध ग्रामीण सहकारी संस्थाले प्रदेश विपद् कोषमा रु २५ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ वडालाई रु एक लाखसहित रु २६ लाखको सहयोग उपलब्ध गरी कर्णालीमा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम सहयोग गरेको हो । सो सहकारीको र बैंकको चेक लिँदै कानूनमन्त्री भण्डारीले मनकारी संस्थाहरुप्रति कृतज्ञता प्रकट गरे ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत केसीले मुलुकका सात प्रदेशमा कर्णाली सबैभन्दा कमजोर भएकाले कोरोनाविरुद्धको लडाइँमा सबै जिल्लामा स्वास्थ्यकर्मीलाई पिपिई, किट, मास्क, ग्लोब र भोकको चपेटामा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।

एनसिसी बैंक सुर्खेतका शाखा प्रबन्ध शिव सापकोटाले कोरोना प्रतिकार्य गर्नु दायित्व सम्झेर साथ दिइएको बताए ।

उक्त चेक ग्रहण कार्यक्रममा कानूनमन्त्री भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा तथा प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डेको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ६ : ४९ बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी