साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा « Khabarhub

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र ऊर्जा पूर्वाधारलाई समेत लक्षित गरी भएका हुथी आक्रमणको कडा निन्दा गर्दै यमनमा जारी सैन्य गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । परिषद्का सदस्यहरूले बिहीबार जारी वक्तव्यमा साउदी अरबमाथि भइरहेका निरन्तर र बढ्दो आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

उनीहरूले लाल सागर र बाब अल मन्डेब जलघाँटीमा व्यापारिक जहाजमाथि भइरहेका आक्रमण तथा धम्कीप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेका छन् । उनीहरूले व्यावसायिक जहाज र तिनका चालक दलका सदस्यको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै समुद्री गतिविधिमा अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आग्रह गरेका छन् ।

विशेषगरी समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको सम्मान गर्न तथा समुद्री मार्गमा आवागमनको अधिकार र स्वतन्त्रता कायम राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । परिषद्का सदस्यहरूले हुथीहरूलाई यमनमा सैन्य गतिविधि तत्काल रोक्न माग गरेका छन् । हिंसा, जबरजस्ती वा बल प्रयोगबाट यमनमा दिगो शान्ति स्थापना हुन नसक्ने स्पष्ट पार्दै उनीहरूले राजनीतिक समाधानप्रतिको समर्थन पनि दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ४ : ०३ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत