बलिउड निर्माता करीम मोरानीमा कोरोना पोजेटिभ | Khabarhub Khabarhub

बलिउड निर्माता करीम मोरानीमा कोरोना पोजेटिभ


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म निर्माता करीम मोरानीमा कोरोना भाइरसको लक्षण देखिएको छ । केही दिनपहिले उनकी छोरी शाजा र जोयामा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

यसअघि गायिका कनिका कपूर, कलाकार पूरब कोहलीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

कनिका कपूर भने पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

शाजा मोरानी र बहिनी जोया मोरानीमा ६ अप्रिलमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । पारिवारिक रिपोर्ट अनुसार करीमकी पत्नी र कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

शाजा र जोयाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जनाइएको छ ।

भारतमा कोरोना भाइरसका कारण बुधवारसम्म १४९ जनाको मृत्यु भइसकेको छ भने ५ हजार १९४ मा कोरोना पोजेटिभ पाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : २९ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र