खाद्य व्यवस्था कम्पनीले थाल्यो अनलाइनबाटै खाद्य सामग्री बिक्री « Khabarhub

खाद्य व्यवस्था कम्पनीले थाल्यो अनलाइनबाटै खाद्य सामग्री बिक्री


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि विद्युतीय प्रणाली (अनलाइन)बाट सामानको बिक्री शुरु गरेको छ ।

लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने लक्ष्यका साथ विद्युतीय कारोवार शुरु गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निर्देशनअनुसार नै कम्पनीले दैनिक उपभोग्य वस्तुको विद्युतीय माध्यमबाट जानकारी लिने र सोही अनुसार बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो ।

कोरोनाको सङ्क्रमणका त्रासका कारण उपभोक्ताले सहज रुपमा दैनिक उपभोग्य वस्तु पाऊन् भन्ने ध्येयका साथ यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ ।

सोही कम्पनीले लकडाउनको समयमा चीनबाट ल्याइएको विद्युतीय चुल्होसमेत बिक्री गरेको थियो । कूल सात हजार ३०० थान विद्युतीय चुल्होमध्ये अधिकांश बिक्री भइसकेका छन् । लकडाउनको समयमा खाना पकाउने एलपी ग्यासको अभाव देखिने अवस्था आएपछि कम्पनीका चुल्हो खरिद गर्न चाहने उपभोक्ता उस्तै रहेका छन् । दैनिक ३०० भन्दा बढी चुल्हो बिक्री भएका छन् ।

यही अवस्थालाई ध्यानमा दिएर कम्पनीले अझै चुल्हो खरीद गरेर ल्याउने र बिक्री गर्ने योजना बनाएको छ । सरकारले विद्युतीय उपकरण प्रयोग गर्न र आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नसमेत यसअघि नै आग्रह गरेको छ ।

कम्पनीका अनुसार तत्काल १० हजार थान विद्युतीय चुल्हो जरुरी छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालका अनुसार सरकारी स्वामित्वको कम्पनीले आजदेखि काठमाडौँ उपत्यकामा अनलाइनबाट दैनिक उपभोग्य वस्तुको माग लिने र घरघरमा नै पु¥याउने प्रणाली विकास गरेको छ ।

काठमाडौँ उपत्यकाको विशेषगरी चक्रपथ क्षेत्रमा त्यस्तो सुविधा प्रदान गरिनेछ । सचिव अर्यालका अनुसार चक्रपथभित्र बसोबास गर्ने उपभोक्ताले दैनिक उपभोग्य वस्तुको माग गर्न सक्नेछन् । सो योजनालाई बिस्तारै काठमाडौँ उपत्यकाबाहिरसमेत विस्तार गरिने मन्त्रालयले जनाएको छ । सचिव अर्यालले भने, “शुरुआत गरिएको छ, यसलाई क्रमशः विस्तार गरिँदै लगिनेछ ।”

कम्पनीले सामान माग गरेको बढीमा दुई दिनभित्र उपलब्ध गराउने जनाएको छ । तत्काललाई रु दुई हजार बराबरको दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ । लकडाउन अवधिभर त्यसरी माग गरिएको सामग्रीमा थप शुल्क नलिने समेत कम्पनीले जनाएको छ । त्यसका लागि उपभोक्ताको सम्पर्क नम्बरमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले सानो मन्सुली, जीरा मसिनो, जापानी चामल, कर्णाली सिमी फापरलगायतका खाद्य वस्तु उपलब्ध गराउनेछ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : १६ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको