बंगलादेशमा कोरोना भाइरसले १९९ जनाको मृत्यु, १२ हजार बढी संक्रमित « Khabarhub

बंगलादेशमा कोरोना भाइरसले १९९ जनाको मृत्यु, १२ हजार बढी संक्रमित


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा एकै दिन थप १३ जनाको ज्यान गएको छ ।

विहीबार यता २४ घण्टाको अवधिमा १३ जनाको ज्यान गएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या १९९ पुगेको छ ।

एकैदिन थप ७०६ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ४२५ पुगेको छ ।

बंगलादेशमा कोरोना संक्रमितमध्ये १ हजार ९१० जना उपचारपछि निको भएका छन् । १० हजार ३१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुको तत्काल उद्दार गर्न नेपाल सरकारसँग माग गरेका छन् । कोरोनाको जोखम बढ्दै गएपछि आफूहरु असुरक्षित रहेको भन्दै उनीहरुले स्वदेश फर्काउन माग गरेका छन् ।

उनीहरुले सरकारले आफूहरुको उद्दारमा तदारुकता नदेखाएको भन्दै विहीबार विज्ञप्ति जारी गर्दै आजबाट रिले अनसन बस्ने चेतावनी दिएका छन् ।

बंगलादेशमा उद्धारको प्रतिक्षामा रहेका नेपाली विद्यार्थीहरु

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ३९ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय