स्वदेश फर्काउन माग गर्दै पर्यटन बोर्डमा चिनियाँ नागरिकको धर्ना « Khabarhub

स्वदेश फर्काउन माग गर्दै पर्यटन बोर्डमा चिनियाँ नागरिकको धर्ना


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दरबारमार्गमा बिहीबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखियो । करिब ५०/६० जनाको संख्यामा रहेका चिनियाँलाई पछ्याउदैं गर्दा उनीहरु नेपाल पर्यटन बोर्डको कार्यालय पुगेर रोकिए ।

‘हामी घर फर्कँन चाहन्छौं’ लेखिएको प्लेकार्डसहित आएका उनीहरु घर फर्कँने मागलाई प्रभावकारी बनाउन पर्यटन बोर्डमा धर्ना दिन आएका थिए ।

काठमाडौंको ठमेल आसपासमा बसोबास गर्दै आएका उनीहरु लकडाउनका कारण नेपालमा अलपत्र परेको भन्दै सुरक्षित रुपमा घर फर्काँइदिन माग गर्दै आएका छन् ।

धर्नामा सहभागी एक चिनियाँका अनुसार नेपालमा रहेको चिनियाँ राजदुताबासले गुनासो सुनुवाइ नगरेपछि सामूहिक रुपमा भेला भएर पर्यटन बोर्डमा धर्ना दिएका हुन् । उनले भने, ‘हामी घर फर्किन चाहन्छौं । हामीलाई घर फर्किँने व्यवस्थाका लागि दबाव दिन हामीले धर्ना शुरु गरेका हौं ।’

उनले घर फर्कँना नेपालस्थित चिनियाँ दूतावासमा सम्पर्क गर्दा कुनै पहल नभएपछि धर्ना बाध्यता भएको बताए ।

उनका अनुसार यहाँ उपस्थित चिनियाँहरु प्रतिनिधि मात्र हुन् । करिब ३/४ सयको संख्यामा रहेको चिनियाँ नागरिक स्वदेश फर्किन चाहन्छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फर्कँन नपाएको उनले बताए ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपालमा कुनैपनि उडान अनुमति नदिएकाले पहलको माग गर्दै धर्ना बसेको उनले बताए ।

चिनियाँ राजदूतावासले तत्काल स्वदेश फिर्ता गर्न नसक्ने भन्दै सेल्फ आइसोलेसनमा बस्न उनीहरुलाई अपिल गरेको छ । तर उनीहरु नेपालमा अलपत्र परेको भन्दै नेपाल सरकारलाई दबाव दिन थालेका छन् ।

उनीहरु मध्ये अधिकाशं नेपालमा काम गर्दै आएका तथा बिदा मनाउन आएका विद्यार्थीहरु छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ४९ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले