स्वदेश फर्काउन माग गर्दै पर्यटन बोर्डमा चिनियाँ नागरिकको धर्ना « Khabarhub

स्वदेश फर्काउन माग गर्दै पर्यटन बोर्डमा चिनियाँ नागरिकको धर्ना


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दरबारमार्गमा बिहीबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखियो । करिब ५०/६० जनाको संख्यामा रहेका चिनियाँलाई पछ्याउदैं गर्दा उनीहरु नेपाल पर्यटन बोर्डको कार्यालय पुगेर रोकिए ।

‘हामी घर फर्कँन चाहन्छौं’ लेखिएको प्लेकार्डसहित आएका उनीहरु घर फर्कँने मागलाई प्रभावकारी बनाउन पर्यटन बोर्डमा धर्ना दिन आएका थिए ।

काठमाडौंको ठमेल आसपासमा बसोबास गर्दै आएका उनीहरु लकडाउनका कारण नेपालमा अलपत्र परेको भन्दै सुरक्षित रुपमा घर फर्काँइदिन माग गर्दै आएका छन् ।

धर्नामा सहभागी एक चिनियाँका अनुसार नेपालमा रहेको चिनियाँ राजदुताबासले गुनासो सुनुवाइ नगरेपछि सामूहिक रुपमा भेला भएर पर्यटन बोर्डमा धर्ना दिएका हुन् । उनले भने, ‘हामी घर फर्किन चाहन्छौं । हामीलाई घर फर्किँने व्यवस्थाका लागि दबाव दिन हामीले धर्ना शुरु गरेका हौं ।’

उनले घर फर्कँना नेपालस्थित चिनियाँ दूतावासमा सम्पर्क गर्दा कुनै पहल नभएपछि धर्ना बाध्यता भएको बताए ।

उनका अनुसार यहाँ उपस्थित चिनियाँहरु प्रतिनिधि मात्र हुन् । करिब ३/४ सयको संख्यामा रहेको चिनियाँ नागरिक स्वदेश फर्किन चाहन्छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फर्कँन नपाएको उनले बताए ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपालमा कुनैपनि उडान अनुमति नदिएकाले पहलको माग गर्दै धर्ना बसेको उनले बताए ।

चिनियाँ राजदूतावासले तत्काल स्वदेश फिर्ता गर्न नसक्ने भन्दै सेल्फ आइसोलेसनमा बस्न उनीहरुलाई अपिल गरेको छ । तर उनीहरु नेपालमा अलपत्र परेको भन्दै नेपाल सरकारलाई दबाव दिन थालेका छन् ।

उनीहरु मध्ये अधिकाशं नेपालमा काम गर्दै आएका तथा बिदा मनाउन आएका विद्यार्थीहरु छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ४९ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड