बैंक तथा वित्तीय संस्थाले आजबाट सबैखाले सेवा सञ्चालन गर्दै | Khabarhub Khabarhub

बैंक तथा वित्तीय संस्थाले आजबाट सबैखाले सेवा सञ्चालन गर्दै


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंक तथा वित्तीय निकायहरुले आज (शुक्रबार)बाट आफ्ना सबैखाले सेवा सञ्चालन गर्न थालेका छन् ।

सरकारले उद्योग, बैंकिङ तथा वित्तीय निकायलगायत बिभिन्न ४२ क्षेत्रलाई सेवा सञ्चालन गर्न अनुमति दिएपछि बैंक तथा वित्तीय संस्थाले आजबाट काम सुरु गरेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो। बैंकहरुले त्यसै बमोजिम सेवा प्रदान गर्न तयारी गरेको जनाएका छन्।

सरकारको निर्णयसँगै शुक्रबारबाट सेवा सञ्चालन गर्न तयार भएको बैंकर्स एसोसिएशन अफ नेपालका अध्यक्ष तथा सानिमा बैंकका सीइओ भुवन दाहालले बताए। बिहीबार सार्वजनिक बिदा भएकाले एकदिन ढिलागरी सेवा सञ्चालन गरिएको दाहालले बताए ।

सरकारको निर्णय अनुसार एकतिहाइ कर्मचारीबाट मात्रै काम सुरु हुने उनले बताए ।

नेपाल राष्ट्र बैंकले भने उच्च सावधानीका साथ काम गर्न निर्देशन दिएको छ। बैंकको नियमनकारी निकाय राष्ट्र बैंकले अहिले बैंकलाई आफ्नो सेवा सुचारु गर्न आफैमा कठिनाई रहेको र चुनौतीका बीच सावधानीपुर्वक संचालन गर्नुपर्ने बताएको हो।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले उद्योग चल्ने बित्तिकै मुद्राको आवश्यकता र मुद्राको संचिति स्वतः बढ्ने बताए।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १० : ४० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने