ट्रम्पका सुरक्षा सल्लाहकार विरुद्ध लगाइएको अभियोग फिर्ता « Khabarhub

ट्रम्पका सुरक्षा सल्लाहकार विरुद्ध लगाइएको अभियोग फिर्ता


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी न्याय मन्त्रालयले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनविरुद्धको अभियोग फिर्ता लिँदै छ।

ट्रम्पका पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनले सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपबारे रोबर्ट म्यूलरद्वारा गरिएको अनुसन्धानको एउटा पाटो बनेको आफ्नो दलिल फिर्ता गराउन चाहिरहेका बीबीसीले जनाएको छ ।

उक्त अनुसन्धानमा दोषी ठहर्‍याइएका राष्ट्रपतिका पूर्व सल्लाहकारहरूमध्ये फ्लिन एक हुन्।

उनले एक रूसी कुटनीतिज्ञसँगको सम्वादबारे सङ्घीय जाँच निकाय एफबीआईसँग ‘झूटो बोलेको स्वीकार’ गरेका थिए।
मन्त्रालयले अदालतमा ‘नयाँ सूचनासहित मुद्दाको तथ्य र परिस्थितिका कारण’ अभियोग फिर्ता लिन लागेको जिकिर गरेको छ।

एफबीआई र फ्लिनबीच सन् २०१७ को प्रश्नोत्तर ‘औचित्यपूर्ण नदेखिएको र त्यसक्रममा वैधानिक अनुसन्धानको आधार नअपनाइएको’ उसको भनाइ छ।

यसअघि मुख्य अभियोजनकर्ताले कुनै कारण नै नबताएर अचानक अभियोग फिर्ता लिएका थिए।

यो निर्णय राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरूद्वारा मुद्दाको आलोचना भइरहेका बेला आएको हो।

ट्रम्पले उनी निर्दोष रहेको बताउँदै आएको र उनीविरुद्ध अनुसन्धान रोक्न एफबीआईलाई दबाव दिएको विवरणहरू आएका थिए।

मन्त्रालयको निर्णयबारे प्रश्न गर्दा ट्रम्पले भने, “उनी निर्दोष थिए। राष्ट्रपतिमाथि आक्रमण प्रयासस्वरूप उनलाई निशाना बनाइएको थियो।”

फ्लिनले यस विषयमा ‘न्याय सबैका लागि’ भन्दै ट्वीट गरेका छन्।

उनी सन् २०१६ को राष्ट्रपतीय चुनावमा ट्रम्पका कट्टर समर्थक थिए। ट्रम्पले उनलाई सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएका थिए।

तर अवकासप्राप्त सैनिक जनरल फ्लिनले रुसी राजदूतसँगको आफ्नो सम्वादबारे उपराष्ट्रपतिलाई गलत सूचना दिएको घटना प्रकाशमा आएपछि राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी सम्हालेको २३ दिनमै पद गुमाउनु परेको थियो।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : १८ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका