सुहानाको जन्मदिन: पहिलो फिल्मबाटै चर्चामा | Khabarhub Khabarhub

सुहानाको जन्मदिन: पहिलो फिल्मबाटै चर्चामा


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका हुँदै निर्देशक बनेकी झरना थापा तथा निर्माता सुनील कुमार थापाकी छोरी सुहाना थापाको आज जन्मदिन परेको छ । आजबाट उनी २३ वर्षमा लागेकी छिन् ।

पहिलो फिल्म ‘ए मेरो हजुर ३’ बाट नै चर्चा कमाएकी यी अभिनेत्रीलाई फ्यान तथा सेलिब्रेटीले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीसँग फिल्ममा डेब्यु गरेकी सुहानाले एउटै फिल्मबाट नै राम्रो चर्चा कमाएकी छिन् । अनमोल र सुहानाको अभिनय रहने ‘ए मेरो हजुर ४’ पनि रिलिजका लागि तयार हुँदैछ ।

लकडाउनका कारण अनमोल र सुहानाको अभिनय रहने फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ । लकडाउन खुलेर अवस्थामा सामान्य हुनासाथ फिल्मको छायांकन थालिनेछ ।

कृष्ण भक्त सुहाना शाकाहारी हुन् । उनी कृष्ण भगवानमा विश्वास गर्छिन् । अमेरिकामा पढ्दै गर्दा नेपाल आएकी सुहानाले पहिलो फिल्मबाटै चर्चा कमाइन् ।

परिवारका कारण भन्दा पनि आफ्नै अभिनयकै कारण दर्शकमाझ चिनिन चाहने सुहानाले अभिनयमा पनि उत्तिकै मेहनत गर्ने गर्छिन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : ५९ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता