सुहानाको जन्मदिन: पहिलो फिल्मबाटै चर्चामा « Khabarhub

सुहानाको जन्मदिन: पहिलो फिल्मबाटै चर्चामा


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका हुँदै निर्देशक बनेकी झरना थापा तथा निर्माता सुनील कुमार थापाकी छोरी सुहाना थापाको आज जन्मदिन परेको छ । आजबाट उनी २३ वर्षमा लागेकी छिन् ।

पहिलो फिल्म ‘ए मेरो हजुर ३’ बाट नै चर्चा कमाएकी यी अभिनेत्रीलाई फ्यान तथा सेलिब्रेटीले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीसँग फिल्ममा डेब्यु गरेकी सुहानाले एउटै फिल्मबाट नै राम्रो चर्चा कमाएकी छिन् । अनमोल र सुहानाको अभिनय रहने ‘ए मेरो हजुर ४’ पनि रिलिजका लागि तयार हुँदैछ ।

लकडाउनका कारण अनमोल र सुहानाको अभिनय रहने फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ । लकडाउन खुलेर अवस्थामा सामान्य हुनासाथ फिल्मको छायांकन थालिनेछ ।

कृष्ण भक्त सुहाना शाकाहारी हुन् । उनी कृष्ण भगवानमा विश्वास गर्छिन् । अमेरिकामा पढ्दै गर्दा नेपाल आएकी सुहानाले पहिलो फिल्मबाटै चर्चा कमाइन् ।

परिवारका कारण भन्दा पनि आफ्नै अभिनयकै कारण दर्शकमाझ चिनिन चाहने सुहानाले अभिनयमा पनि उत्तिकै मेहनत गर्ने गर्छिन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : ५९ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ