अस्ट्रेलियामा किशोरीमाथि यौन दुर्व्यहार गरेको मुद्दा खेप्दै एक नेपाली « Khabarhub

अस्ट्रेलियामा किशोरीमाथि यौन दुर्व्यहार गरेको मुद्दा खेप्दै एक नेपाली


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियामा एकजना १८ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका नेपालीलाई शुक्रबार अदालतमा उपस्थित गराइएको छ ।

अस्ट्रेलिया प्रहरीले नेपाली मूलका २५ वर्षीय युवकलाई वैशाख १२ गते हस्र्टभिलबाट पक्राउ गरेको थियो । उनलाई शुक्रबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको हो ।

गत चैत ५ गते एक १८ वर्षीया युवती जागिरको लागि अन्तर्वार्ता दिन अलावाह रेलवे स्टेशनबाट वाइड्स एभिन्यूतर्फ जाँदै थिइन् ।

त्यहाँ उनले एक जना (नेपाली) युवकलाई भेटिन् । उनले बसमार्फत यात्रा गर्न सुझाउँदै किशोरीमाथि यौन दुर्व्यवहार गरे । युवती त्यहाँबाट भागेर बच्न सफल भइन् ।

त्यसपछि किशोरीले आफूमाथि यौन हिंसा भएको भन्दै प्रहरीलाई जानकारी दिइन् । युवतीको जानकारी पछि प्रहरीको ट्रान्सपोर्ट एण्ड सफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान शुरु गरे ।

अनुसन्धानका क्रममा किशोरीमाथि यौन दुर्व्यवहार भएको पाइएपछि प्रहरीले युवकलाई वैशाख १२ गते पक्राउ गरेको हो ।

पक्राउ पछि उनलाई कोगारा पुलिस स्टेशन पु¥याएर यौनजन्य क्रियाकलाप गरेको अभियोगमा अनुसन्धान अगाडि बढाइयो ।

प्रहरीका अनुसार ती युवकले सामाजिक सञ्जालमा नक्कली अकाउन्ट बनाएर युवती तथा किशोरीहरुलाई जागिरको प्रलोभन देखाएर भेट्ने गर्दथे ।
पहिलोपटक उनलाई पारामाटा लोकल कोर्टमा उपस्थित गराइएको थियो । अदालतमा उनले जमानतका लागि अपिल गरे पनि अदालतले उनको अपिल अस्वीकार गरेको थियो ।

दोस्रो पटक शुक्रबार उनलाई सेन्ट्रल लोकल कोर्टमा उपस्थित गराइएको छ । सेन्ट्रल लोकल कोर्टले पनि उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले उनीमाथि थप अनुसन्धान चलिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : ५३ बजे

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल