सांसद अपहरण प्रकरणमा प्रहरीद्वारा अनुसन्धान शुरु « Khabarhub

सांसद अपहरण प्रकरणमा प्रहरीद्वारा अनुसन्धान शुरु


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत तथा कृष्णकुमार श्रैष्ठ (किसान श्रेष्ठ) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरीमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

शुक्रबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले दर्ता गरेको जाहेरी दर्खास्त पठाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान शुरु गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक न्यायाधीवक्ता नुमराज खनालले समाजवादी पार्टीका सांसद डा. यादवका तर्फबाट दर्ता भएको जाहेरीका विषयमा अनुसन्धान गर्न प्रहरीलाई पठाइएको जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जाहेरी दर्खास्त पठाएपछि उक्त विषयमा अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

हाललाई प्रारम्भिक अनुसन्धान शुरु गरिएको र आवश्यकताअनुसार विस्तृत अनुसन्धान गरिने एसएसपी ज्ञवालीको भनाइ छ ।

बैशाख १० गते  समाजवादीका पार्टी सांसद यादवलाई सत्तारुढ नेकपाका सांसदहरु महेश बस्नेत, किसनकुमार श्रेष्ठ र पूर्वआइजीपी सवेन्द्र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

पछि सांसद यादवले आफूलाई अपहरण गरी काठमाडौं ल्याइएको भन्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न खोजेका थिए । तर, प्रहरी परिसरले घटनास्थल काठमाडौं बाहिर रहेको भन्दै जाहेर दर्ता गर्न मानेको थिएन ।

प्रहरीले उजुरी दर्ता नगरेपछि डा यादवले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उजुरी दर्ता गराउन खोजेका थिए । तर, त्यतिबेला उजुरीको रित नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले सांसद यादवको उजुरी फिर्ता पठाएको थियो । पछि वैशाख २२ गते मात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सांसद यादवको जाहेरी दर्ता गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : २६ बजे

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को