लकडाउन कार्यान्वयनको अनुगमन ड्रोनबाट « Khabarhub

लकडाउन कार्यान्वयनको अनुगमन ड्रोनबाट


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भीमदत्त नगरपालिकामा लकडाउन पालना गराउन ड्रोन गस्ती शुरु गरिएको छ । भीमदत्त नगरपालिकाका १९ वटै वडामा ड्रोन गस्ती गरी लकडाउनको निगरानी बढाइएको छ ।

रोबोटिक एशोसिएशन आफ नेपाल इञ्जिनीरिङ र नगरापलिकाबीच लकडाउन निगरानीका लागि ड्रोन गस्ती गर्ने सम्झौता अनुसार आजदेखि ड्रोन गस्ती शुरु गरिएको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रमा लकडाउन पालनाको अवस्थाबारे जानकारी लिन ड्रोन गस्ती शुरु गरिएको बताए । उनले लकडाउन उल्लङ्घन गरिएको पाइएमा तत्कालै निर्देशनसमेत दिइने बताए ।

कोरोना भाइरस रोकथामका लागि पूरै नगर लकडाउन गरिएको छ । नगरपालिकामा लकडाउन पालना भए नभएको के छ भनेर ड्रोनबाट जानकारी लिन शुरु गरिएको नगर प्रमुख विष्टले जानकारी दिए ।

उनले भने , “कही कतै उल्लङ्घन गरिएको पाइएमा तत्काल पालना गराउन निर्देशनसमेत दिन्छौँ ।”

ड्रोन गस्तीका आधारमा लकडाउन पालनालाई प्रभावकारी बनाउन स्थानीय प्रशासनसित सहकार्य र समन्वयको कार्य गरिएको नगर प्रमुख विष्टले बताए ।

गस्तीका क्रममा नगरपालिकाका कुनै स्थानमा भीडभाड देखिएमा ड्रोनबाटै हट्न निर्देशन दिइने र सूचना प्रवाहसमेत गरिने भएको छ ।

रोबोटिक एशोसिएशन आफ नेपाल इञ्जिनीरिङका सुदूरपश्चिम शाखाका अध्यक्ष दीपक विष्टले नगरपालिकासित गरिएको सम्झौताअनुसार ड्रोन गस्ती गरी लकडाउनको अवस्थाबारे जानकारी लिने कार्य थालिएको बताए ।

नेपालमै पहिलोपटक भीमदत्तमा ड्रोनबाट लकडाउन निगरानी गरिएको छ । ड्रोन गस्तीबाट लकडाउन निगरानीमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीले समेत सहयोग गरेका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका विद्यार्थी लोचन कार्कीले ड्रोन गस्तीले नगरपालिकामा लकडाउन पालना प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । नगरपालिकामा पाँच दिनसम्म ड्रोन गस्ती गरिनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ०० बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा