दक्षिण एशियामा कोरोना भाइरस संक्रमित एक लाख नजिक « Khabarhub

दक्षिण एशियामा कोरोना भाइरस संक्रमित एक लाख नजिक


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध भएका आठ देशमा कोभिड-१९ बाट संक्रमितको संख्या करीब एक लाख पुगेको छ।

कोभिड-१९ बारे सूचना आदान-प्रदान गर्नका लागि सार्क प्रकोप व्यवस्थापन केन्द्रले सञ्चालनमा ल्याएको वेबसाइट covid19-sdmc.org का अनुसार आज (शुक्रबार) दिउँसोसम्मको तथ्याङ्क अनुसार ९९ हजार ७४१ जना संक्रमित भएका छन्।

यो क्षेत्रमा दुई हजार ७९६ जनाको मृत्यु भइसकेको छ भने २४ हजार ८१६ जना संक्रमणमुक्ता भएका छन्। सबैभन्दा बढी संक्रमित र मृत्यु भारतमा भएको छ। भारतमा ५६ हजार ३४२ जना संक्रमित भएका छन्।

त्यस्तै मृतकको संख्या पनि एक हजार ८०० नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक हजार ८८६ जनाको मृत्यु भइसकेको छ। १६ हजार ५३९ जना भने उपचारपश्चात संक्रमणमुक्त भएका छन्।

त्यस्तै भारतपछि सबैभन्दा बढी संक्रमित र मृत्यु पाकिस्तानमा भएको छ। २५ हजार ८३७ जना संक्रमित भएकोमा ५९४ जनाको मृत्यु भएको छ भने सात हजार ५३० जना कोरोनामुक्त भएका छन्। १२ हजार ४२५ जना संक्रमित भएर १९९ जनाको मृत्यु भइसकेको बंगलादेशमा अहिलेसम्म कोही पनि निको भएका छैनन्।

अफगानिस्तानमा पनि मृतकको संख्या १०५ पुगेको छ। तीन हजार ५६३ जना संक्रमित भएकोमा ४६८ जना भने निको भएका छन्।

माल्दिभ्स र श्रीलङ्कामा क्रमश: ६४२ र ८२४ जना संक्रमित भएकोमा त्यहाँ क्रमश: तीन र ९ जनाको मृत्यु भएको छ। नेपालमा आज एक जना थपिएसँगै संक्रमितको संख्या १०२ पुगेको छ। भुटानमा भने पछिल्ला साताहरूमा संक्रमित देखिएका छैनन्। अहिलेसम्म सात जना संक्रमित भएका छन्।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ०६ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड