भाडा बढाएर सार्वजनिक यातायात चलाउने सरकारको तयारी, मास्कको प्रयोग अनिवार्य « Khabarhub

भाडा बढाएर सार्वजनिक यातायात चलाउने सरकारको तयारी, मास्कको प्रयोग अनिवार्य


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भाडा बढाएर भए सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ ।

सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरिको नयाँ निर्देशिका तयार भएकाले सवारी सञ्चालकलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको हो ।

यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका लगभग तयार गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही हुनेछ । यसबारे ट्राफिक प्रहरीले नियमत अनुगमन गर्ने छ ।

त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने र मास्कको प्रयोग अनिवार्य गर्नुपर्नेछ ।

दैनिक रुपमा गाडीमा डिस-इन्फेक्सन स्प्रे छर्किनु पर्ने, यात्रुले गाडी कुर्दा तथा गाडीको प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने लगायतको प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ६ : ५६ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा